संस्कृति र परम्परा जर्गेना गर्दै ठाकुरबाबा नगरबासी

नगर स्थापाना दिवसका अवसरमा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेवार समुदायले आफनो परम्परागत सामग्री तथा खाद्य परिकार प्रदर्शन गर्दै ।

बर्दिया । दोपरहको एक बजेको थियो । ठाकुरबाबास्थित भुरीगाउँ बजर चोकमा मानिसहरुको निकै चहलपहल देखिन्थ्यो । चोकमा देखिने अधिकाशं मानिसहरु अआफनो जातीय परम्परागत पोषाकमा सजिसजाउ देखिन्थे । चोकको दाहिने तर्फ मञ्च थियो । मञ्चको किनारमा स्टल लगाइएको थियो । झट्ट हेर्दा त्यहाँको दृश्य कुनै मेला–महोत्सव जस्तो लाग्थ्यो । तर, त्यो कुनै मेला महोत्सव थिएन ।

ठाकुरबाबा नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमको दृश्य थियो त्यो । ठाकुरबाबा नगरपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा मंगलबार ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानल विशेष कार्यक्रम आयोजना गरेको थियो । प्रतिष्ठानको आयोजना गरेको जातीय परम्परागत सामग्री तथा खाद्य परिकार प्रदर्शनी एवं सास्कृतिक कार्यक्रममा नगरबासी आफनो संस्कृती अनुसारको परम्परागत पोषाकमा उपस्थित थिए ।

मञ्चको किनारमा सामग्री प्रदर्शनी स्टल राखिएको थियो । स्टलमा बसेका मानिसहरु अआफनो जातीय परम्परागत पोषाकमा सजिएका थिए । स्टलमा विभिन्न जात तथा समुदायका मानिसहरुको परम्परागत सामग्री तथा खाद्य परिकार प्रदर्शनीमा राखिएको थियो । स्टलमा थारु समुदाय, खसआर्य सिल्पी समुदाय, खसआर्य राप्ती भेरी क्षेत्रका समुदाय, खसआर्य कर्णाली क्षेत्रका समुदायले अआफनो परम्परागत सामग्री तथा खाद्य परिकार प्रदर्शनीमा राखेका थिए ।

यसैगरी गण्डकी क्षेत्रका परम्परागत सामग्री तथा खाद्य परिकारका साथै मुस्लिम समुदाय र सुनाहा थारु सुमदायका मानिसहरुले पनि आफनो परम्परागत सामग्री र खाद्य परिकार प्रदर्शनी राखेका थिए । नगरबासीले बडो रुची तथा उत्सुकताका साथ सामग्रीहरुको अवलोकन गरेको देखिन्थ्यो । फरकफरक समुदायको परम्परागत सामग्री तथा परिकार एकै स्थानमा देख्न पाउँदा नगरबासी दंग थिए । आफुले कहिल्यै नदेखेको सामग्री तथा परिकार प्रदर्शनीमा देख्न पाउनुका साथै सामग्रीको प्रयोगका ’boutमा जान्न पाउँदा निकै उपलब्धिमूलक लागेको स्थानिय प्रदीप भण्डारीले सुनाए ।

जातीय तथा भाषिक विविधता रहेको यस नगरमा एकै साथ विभिन्न समुदाय तथा जातीका वेशभूष, परम्परागत सामग्री तथा खाद्य परिकार अवलोकन गर्न पाउनु निकै खुशीको क्षण रहेको स्थानिय कृष्णप्रसाद थारुले बताए । नगर स्थापना दिवसको अवसरमा पालिकाका शिक्षण संस्थामा स्थानिय बिदा दिइएकाले विद्यार्थीहरुले पनि प्रदर्शनी अवलोकन गर्ने अवसर पाएका थिए । पुस्तकमा पढेका र सुनेका बस्तुहरु प्रत्यक्ष देख्न पाउँदा ज्ञान हासिल भएको चुरे माध्यमिक विद्यालयका विद्यार्थी कौस्तुब थारुले बताए । कार्यक्रममा विभिन्न झाँकी तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

समुदायमा परम्परागत मौलिकता हराउँदै गरेको गइरहेको अवस्थामा यस्ता परम्परागत कला, संस्कृती, वेशभूषा तथा सामग्रीहरुको प्रदर्शनीबाट परम्परागत संस्कृती जर्गेनामा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजक तथा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्रप्रसाद नेपालले बताए । प्रतिष्ठानले विभिन्न अवसरमा शिक्षा, साहित्य, कला तथा संस्कृती जर्गेनासम्वन्धी कार्यक्रम गर्दै आएको प्रतिष्ठानका उपाध्यक्ष नेपालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ