झन्डै लडेकोमा किरण र दीपाश्रीको रमाइलो

काठमाडौं । काठमाडौँमा एक समारोहबिच मेला रेकर्डिङ स्टुडियोले झन्डै लडेको…गीतको भिडियो सार्वजनिक गरेको छ । गीतकार प्रमोद भट्टराई प्रतीकले लेखेको यो गीतमा हास्य अभिनेता एवम् गायक किरण केसी र गायिका विनुशा राईको स्वर छ । सार्वजनिक गीतमा श्याम महर्जनले संगीत सृजना गरेका छन् । यो गीतमा विशन मानन्धरको संगीत संयोजन, सुवाष कुथुमी राईको मिक्सिङ र मास्टरिङ रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा हास्य कलाकार द्वय किरण केसी र दीपाश्री निरौलाले अभिनय गरेका छन् । भिडियोलाई रोमान्टिक कमेडी जनरामा यो गीतको भिडियो तयार पारिएको छ । गीतको भिडियोमा किरण र दीपाको जोडीको नृत्य र अभिनय निकै रमाइलो छ ।

भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । गीत नै हास्य रस युक्त भएकाले आफूले रमाइलो ढंगले भिडियो बनाएको जीवनले भिडियो सार्वजनिक कार्यक्रममा बताए । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी अनुप डंगोलको छ ।

कार्यक्रममा गायक किरण केसी, गायिका विनुशा, कलाकार दीपाश्रीले भिडियोमा काम गर्दाको रमाइलो अनुभव सो कार्यक्रममा सुनाए । यस्तै गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, अग्रज संगीतकार राजु सिंह, आयोजक मेला रेकर्डिङ स्टुडियोका समीर राईले प्रतिकले यो गीतसँगै भिडियो पनि रमाइलो बनेको भनाई राखे ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा