निवारण फाउण्डेसनले स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । निवारण फाउण्डेसनले सन्जीवनी परियोजना अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरेको छ। यस परियोजना अन्तर्गत २०८२ साल जेष्ठ १ (२०२५ मे १५) देखि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका गाउँपालिकाहरू हुँदै नेपालका विभिन्न गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

निवारण फाउण्डेसन संयुक्त राज्य अमेरिकाको बोस्टनमा स्थापित एउटा गैरसरकारी संस्था हो। कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध रहेको यस संस्थाको नेपालस्थित मुख्यालय काठमाडौँको सुन्धारामा रहेको छ। निवारण फाउण्डेसनले स्वास्थ्य, शिक्षा, बाल कल्याण, वातावरण संरक्षण तथा समुदाय विकासमा सुधार ल्याउने लक्ष्यका साथ विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ।

स्वास्थ्य शिविर सञ्चालनका मुख्य उद्देश्यहरू
निवारण फाउण्डेसनले सन्जीवनी परियोजनाको पहिलो चरण अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यस परियोजनाको मुख्य उद्देश्यहरूमा ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, रोगको पूर्वपहिचान गरी रोकथाम तथा निदानमा सहायता पुर्याउनु, स्वच्छता र स्वस्थ जीवनशैली’bout समुदायलाई सचेत गराउनु तथा दीगो स्वास्थ्य सेवा प्रणालीको स्थापना गर्नु पर्दछन्। स्वास्थ्य शिविरहरूबाट स्थानीय समुदायमा स्वास्थ्यप्रति जागरूकता बढाउने र स्वास्थ्य सेवामा दीर्घकालीन सुधार ल्याउने उद्देश्यले निवारण फाउण्डेसनले समन्वयात्मक रूपमा कार्य अघि बढाइरहेको छ।

स्वास्थ्य शिविर सञ्चालन योजना
निवारण फाउण्डेसनले पहिलो चरणमा ५२ जिल्लाका २७५ गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य राखेको छ। यस शिविरमार्फत झण्डै ४,५०,००० ग्रामीण नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। स्वास्थ्य शिविरमा नेत्र विशेषज्ञ, नाक/कान/घाँटी विशेषज्ञ, जनरल मेडिसिन विशेषज्ञ, दन्त विशेषज्ञ तथा सर्जनहरू सहितका दक्ष स्वास्थ्यकर्मीहरू परिचालित गरिने छन्।

स्वास्थ्य शिविरमा प्रदान गरिने सेवाहरू
स्वास्थ्य शिविरमा विरामीहरूलाई विरामी दर्ता र सामान्य शारीरिक परीक्षण, रक्तचाप, रगत, पिसाब तथा अक्सिजन स्तर परीक्षण, आँखाको दृष्टि परीक्षण, कानको सुन्ने क्षमता परीक्षण, दाँतको परीक्षण, एक्स-रे तथा अन्य उपकरणद्वारा स्वास्थ्य परीक्षण, जटिल अवस्थाको पहिचान र रेफेरल सेवा लगाएत सेवा प्रदान गरिने छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कंगोमा डुंगामा आगलागी हुदा मृत्यु हुनेको संख्या १४८ नाघ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१२ स्थानीय तहको मतपरिणाम सार्वजनिक (सूचीसहित)