प्रेम सम्बन्ध टुटेपछि अब विवाह नगर्ने जरीनको घोषणा

मुम्बई । बलिउड अभिनेत्री जरीन खान पछिल्लो समय सम्बन्ध विच्छेदका कारण चर्चामा छिन् । थुप्रै बलिउड चलचित्रमा शीर्ष भूमिका निर्वाह गरेकी उनीसँग पछिल्लो समय भने त्यति धेरै चलचित्र छैन ।

रियालिटी शो बिग बोस सिजन १२ का शिवाशीष मिश्रासँग उनी जोडिएकी थिए । उनीहरू प्रेममा जोडिएसँगै लिभिङ टुगेदरमा रहँदै आएका थिए । जरीन र उनको प्रेमी विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र उनीहरू लिभिङमा बसेको तर हाल उनीहरूको सम्बन्ध टुटेको जरीनकी एक साथीले बताएकी छिन् ।

यसैबिच उनीहरूको विवाह हुने चर्चा चलिरहेको बेला जरीन खानले शिवाशीषसँग अव विवाह नगर्ने कुरा स्पष्ट पारेकी छिन् । ‘अहिले विवाहको कुनै योजना छैन र म अझै केही समय विवाह गर्न चाहन्न’, उनले भनिन् ।

उता एक पोडकास्टमा, अन्तरवार्ता दिने क्रममा आमाबाबुले उनको लागि केटा खोजेको कुराको यी अभिनेत्रीले खण्डन गरेकी छिन् । सो मिडियासँग जरीन खानले भनिन्,‘मलाई विवाह गर्न चाहन्छु कि भनेर कसैले पनि सोधेका छैनन् । यदि उहाँहरूले प्रयास गरिरहनु भएको छ भने पनि मलाई यसको ’boutमा केही जानकारी छैन र म विवाह गर्न चाहन्न’, म कहिल्यै विवाह गर्न मन नलाग्ने अवस्थामा आफू पुगेको पनि उनले बताएकी छिन् ।

जरीन खानले अगाडि भनिन्,‘आज यसरी कुराहरू भएका छन्की मेरो विवाह भयो र त्यसपछि ३ महिना भित्रै सम्बन्ध विच्छेद पनि भयो’, यो विषयमा आफूले जवाफ दिन नचाहेको पनि उनले बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दोहोरो दबाबमा देउवाः कांग्रेस–एमाले सम्बन्ध धर्मराउँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने