उदयपुर । नेकपा (एमाले) का पोलिट ब्युरो सदस्य मन्जुकुमारी चौधरीले मुलुकमा अस्थिरता चाहने शक्तिहरू सलबलाउँदै गएको बताएकी छिन । नेकपा एमाले उदयपुरले जिल्ला सदरमुकाम गाईघाटमा सोमवार गरेको मोटरसाईकल ¥याली तथा जनजागरण सभालाई सम्बोधन गर्दै चौधरीले मुलुकमा अराजकता, अस्थिरता चाहने र प्रतिगामी तत्वहरू अहिले सलबलाई रहेको बताईन ।
पोलिटब्युरो सदस्य एवं उदयपुर जिल्ला इञ्चार्ज चौधरीले निरङ्कुशता कुनै पनि हालतमा सम्भव नभएको बताउँदै यस्ता सपना नदेख्न र बर्तमान संबिधानको उल्लघन हुने खालका गतिबिधि नगर्न राजावादीहरुलाई चेतावनी दिईन । उनले नेकपा एमालेले संविधानको सर्वोच्चता, देशको स्वाभिमान, स्वतन्त्रता र समृद्धिको पक्षमा काम गरेपछि त्यसलाई असफल गराउन पछिल्लो समय देशी विदेशी शक्ति चलखेल गरेको बताईन । चौधरीले यस्ता शक्तिलाई गणतन्त्रका पक्षधरहरुले सामूहिक प्रतिवाद गर्नु पर्ने बताए ।
त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले परिवर्तनकारी शक्तिहरू सबै एकजुट हुन आवश्यक रहेको औल्याए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधी गतिविधिलाई परास्त गर्न जरुरी रहेको भन्दै परिवर्तनकारी शक्तिहरू एकजुट हुन आवश्यक छ । उनले यस्ता गतिबिधिलाई परास्त गर्न सबै एकजुट हुन पनि जरुरी रहेको धारणा राखे ।
उनले नेपाली जनताले सात दशक लामो संघर्ष पूर्ण बलिदानबाट निर्माण गरेको जनताको संविधानलाई कसैले लत्याउने चेप्टा गरे लोकतान्त्रिक दलहरु चुप लागेर नबस्ने चेतावनी दिए । उनले यो प्रर्दशन एउटा ट्रेलर देखाएको दावी गरे । उनले बर्तमान संविधानले सबै दल, सबै पक्ष र सबै समूहलाई उतिकै हक अधिकार दिएको भन्दै संबिधानको पालना गर्दै जनताको भावना अनुसार आफ्ना गतिबिधि गर्न राजावादीहरुलाई चेतावनी दिए । उनले भने राजावादी भन्नेहरुले कता कता मसाल जुलुस निकाले भन्ने आफुले सुन्ने गरेको भन्दै यस्ता गलत हर्कत नगर्न भन्दै असंबैधानिक हर्कत गर्नेलाई एमाले त्यसै नछोड्ने चेतावनी दिए । संघीय लोकतान्त्रिक गणतन्त्र माथि भइ रहेको प्रहारका ’boutमा आमजनतालाई सचेत गराउने उद्देश्यले नेकपा (एमाले) ले प्रर्दशन तथा जन जागरण सभा गरेको हो ।
एमालेले गणतन्त्रको पक्षमा मोटरसाइकल ¥याली निकालेको हो । प्रतिगामी तथा अराजक प्रवृत्तिका विरुद्ध नागरिकलाई सचेत गर्न एमालेले जन प्रदर्शन सहित मोटरसाइकल ¥याली निकालेको हो । गाईघाटस्थित पिपल चोकबाट सुरु भएको मोटरसाइकल ¥याली बिद्युत कार्यालय, बैक लाइन हुँदै डि.एम. गेट, मोतिगडा, बगाहा, देउरी, जलजले, चुहाडे, राजाबास, गैरुन, रातमाटे, वल्ड दरवार होटल, बोक्से आखा अस्पताल, मेनचोक (गाई चोक) हुदै पिपल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी एमालेका नेता कार्यकर्ताहरूले पूर्वराजा ज्ञानेन्द्र शाह र निरङ्कुशता विरुद्धमा नारा लगाएका थिए । राजाबादीहरुको अराज गतिविधि बढ्दै गएकाले त्यसलाई चुनौती दिनको लागि भन्दै एमालेले देशव्यापी रुपमा आफ्ना कार्यकर्तालाई सडकमा शक्ति प्रदर्शनको लागि उतारेको हो ।
सो जन प्रर्दशनमा नेकपा एमाले केन्द्रिय सदस्य अम्बिका थापा, जिल्ला कमिटी अध्यक्ष भागवत राउत बिभिन्न पालिका इन्चाजहरु जन वर्गिय संगठनका प्रमुख लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सचिब टेकबहादुर राउतले सञ्चालन गरेको थियो ।