गुणस्तर जीवनका लागि पानी

पानीले आफ्नो शुद्धता आफैं बनाउन सक्छ । मानव तथा जीवित प्राणीका लागि खानाको करिब तीन भागभन्दा बढी पानी प्रयोग हुन अति आवश्यक छ । पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीले ओगटेको छ । जसको करिब ७१ प्रतिशत पृथ्वीको भाग ढाकेको छ । पृथ्वीमा पाइएको जम्मा पानीको परिमाण १ सय ४० लाख क्युविक मिटर पानीमा जम्मा ४० लाख क्युविक मिटर मात्र खानलाई सुरक्षित भएको अनुमान छ ।

नेपाल हिन्दुकुश हिमालय पवर्त शृंखलामा रहेको हिमाली मुलुक हो । सानो भूगोलमा पनि जताततै पानीको स्रोत हुनु नेपालको विशेषता हो । सप्तकोशी, सप्तगण्डकी, कर्णाली, सेती, महाकाली आदि धेरै पानीको स्रोत भएका जलधार क्षेत्र भएका नदी हुन् ।

नेपालको कुल क्षेत्रफलको २ दशमलव ६ प्रतिशत पानीले ओगटेको छ । यहाँ सानाठूला गरी ८ हजार १ सयभन्दा बढी नदीनाला छन् । जुन बाह्रै मास बहने नदीनाला ७० प्रतिशत, ७ महिना निरन्तर बग्ने नदी २० प्रतिशत र १० प्रतिशत ४ महिना बग्ने नदी छन् । नेपालमा २५ देखि ५ सय किमिसम्मका लामा नदी छन् । पानीको मानव जीवनसँग अटुट नातालाई आत्मसात् गर्दै २२ मार्चमा विश्व समुदायले विभिन्न जनचेतनामूलक अन्तर्राष्ट्रिय पानी दिवस मनाउने गर्छन् । सन् १९९३ देखि यस दिवसको क्रम सुरु भएको पाइन्छ । विश्वका सबै देशमा सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरेको पाइन्छ । सन् २०२५ को विश्व पानी दिवसको नारा ‘ग्लेसियल प्रिजर्भेसन’ भन्ने छ ।

१९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र संघको भेलाले यस दिवसको घोषणा गरेको हो । हाम्रो देशका बाग्मतीलगायत मेची, महाकाली, कोशी, रोशी, बबई, तिनाउ, बुढीखोला, बुढीगण्डकी, थाकखोला, त्रिशूली आदि नदीको पानी जोगाउन हामी कति सक्षम छौं ? सोच्न आवश्यक छ । पानी र इन्धन निकट रूपमा अन्तरसम्बन्ध छ । २१औं शताब्दीको संघारसम्म आइपुग्दा पनि पानीको उपभोगमा चुनौती सिर्जना भएको छ । संसारको जलस्रोतको दोस्रो धनी देश नेपाल जलस्रोतसँगै लुटपुटिएर हुर्किएका नेपाली आफ्नो जलभण्डारप्रति वफादार हुन आवश्यक छ । जल एवं मौसमका स्रोत तŒव वनजंगल, प्राकृतिक स्रोत नै हुन् । घट्दो क्रममा जंगल नाशिँदा, प्लटिङ गर्दै धमाधम बिक्री गर्न तयारी जग्गाभित्र गुम्सिएको प्रकृतिको चीत्कार अनुभव गर्न सकिन्छ । सो कारणले जलस्रोतको दोस्रो धनी भनिएको कथन मित्थ्या साबित हुन लागेको छ ।

विश्वव्यापी रूपमा बढ्दो तापक्रम अर्थात् ग्लोबल वार्मिङको असरले पानीका स्रोतमा असर गरेको छ । पानी अति आवश्यक वस्तु हो । प्राकृतिक स्रोतको संरक्षण गरी पानीको मुहानलाई संरक्षण गर्नु आजको आवश्यकता हो । यिनीहरू आउँदो पुस्ताका सम्पत्ति हुन् । हिन्दू संस्कारमा पनि पञ्चतŒवको रूपमा जलको अति महŒव हुन्छ । काठमाडौं उपत्यकामा बल्लबल्ल आएको मेलम्चीको पानी पनि कमजोर निर्माण र विपद् व्यवस्थापन गर्न नसक्दा उपत्यकावासी अझै काकाकुल स्थितिमा छन् भन्दा अत्युक्ति नहोला । पानीबिना जीवन सम्भव छैन । नदी तथा खोलाका किनार नै संस्कृति र सभ्यताको विकास हो । नेपालको सन्दर्भमा उदाहरणको रूपमा जुम्लाको सिंजा क्षेत्रको हिमा नदीलाई पनि लिन सकिन्छ ।

पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई गुणस्तरीय जीवन बिताउन सहयोग पु¥याउँछ । स्वस्थ मस्तिष्कद्वारा नै स्वास्थ्य एवं स्फूर्त विचारको प्रस्फुटन हुन्छ । यसको विपरीत कुनै पनि व्यक्तिको स्वास्थ्य ठीक छैन भने उसको कुनै पनि विषयमा गहन रूपमा आफ्नो सोचविचार पु¥याउन नसकी विकासात्मक कार्यमा बाधा–व्यवधान उत्पन्न हुन पुग्छ

वास्तविक रूपमा नेपाल भएर बग्ने करिब ८० प्रतिशत पानी वर्षाको बेलामा मात्र देखिन्छ । सो पानी बगेर सकिन्छ । नेपालमा वर्षाको पानीलाई आवश्यक व्यवस्थापन गरी प्रयोग गर्ने विधि आजसम्म छैन । पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई गुणस्तरीय जीवन बिताउन सहयोग पु¥याउँछ । स्वस्थ मस्तिष्कद्वारा नै स्वास्थ्य एवं स्फूर्त विचारको प्रस्फुटन हुन्छ । यसको विपरीत कुनै पनि व्यक्तिको स्वास्थ्य ठीक छैन भने उसको कुनै पनि विषयमा गहन रूपमा आफ्नो सोचविचार पु¥याउन नसकी विकासात्मक कार्यमा बाधा–व्यवधान उत्पन्न हुन पुग्छ । गुणस्तरीय जीवनका लागि कुन तहले कसरी प्रभाव पारिरहेको हुन्छ ? भन्ने विषयमा गहिरिएर बुझ्ने हो भने गुणस्तरीय जीवनका लागि सम्बन्धित ठाउँमा उपलब्ध भइरहेको स्वस्थ खानेपानी व्यवस्थापनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । पानीजस्तो अपरिहार्य वस्तुको उचित प्रयोगबाट नै गुणस्तरीय जीवन जिउन सम्भव छ ।

नेपालमा पानीको समस्या हुनको कारण यथास्थानमा भएका मुख्य तथा सहायक मुहानको योजनाबद्ध विकास तथा संरक्षण नहुुनु, नालाको व्यवस्था नहुनु, संरक्षण क्षेत्र र मुहान क्षेत्र आरक्षण क्षेत्र घोषणा गरेर वृक्षरोपण नहुनु, वर्षाको पानी संकलन प्रविधिलाई अभियानको रूपमा नल्याइनु, दिगो खानेपानी योजना बनाउन नसक्नु, जनतालाई प्रत्यक्ष सहभागी गराउन नसक्नु, शिक्षा एवं जनचेतनाको अभाव, व्यापक कमिसन एवं भ्रष्टाचार, गुणस्तरीय जनशक्तिको प्रयोग नगरी राजनीतिका आफ्ना मान्छेको भर्ती केन्द्र हुनु, योजनाको छनोटमा जनताको आवश्यक सहभागीको कमी, योजना छनोट प्रक्रियामा राजनीतीकरण, दिगो योजनाको निर्माण हुन नसक्नु नै हुन् । सरकारी एवं गैरसरकारी निकायको समन्वयको कमीले गर्दा विश्वकै दोस्रो जलस्रोतको धनी देश नेपाल काठमाडांै उपत्यका साथै देशका अन्य प्रमुख सहरमा समेत खानेपानीको हाहाकार अवस्था छ ।

हाम्रो देशमा गुणस्तर जीवन र आर्थिक विकासका लागि खानेपानी व्यवस्थापना तथा वितरणमा सुधारको आवश्यकता अपरिहार्य छ । वर्षाको ४ महिना नेपालमा ८० प्रतिशत पानी देखिन्छ । ८ महिना पानीको अभाव हुन्छ । माथि भनेजस्तै वर्षाको पानीलाई सदुपयोग गर्न नेपालले जलाशययुक्त जलविद्युत् निर्माण गर्नु अति आवश्यक छ । यसबाट पानी भण्डार मात्र नभई जलविद्युत्, सिँचाइ, माछापालन, पर्या–पर्यटनलाई टेवा पुग्ने गरी बहुउद्देश्यीय बनाउन सकिन्छ । खानेपानी र गुणस्तरीय जीवन र देश तथा जनताको आर्थिक विकासबीचको अन्तरसम्बन्धका ’boutमा विभिन्न समयमा धेरै अध्ययन र अनुसन्धान हुँदै नभएको त होइन । सम्पूर्ण अध्ययनको निचोडको रूपमा पानी नै जीवनको आधारशिला तथा गुणस्तरीय जीवन विबताउन पानीकै कारणले मात्र सम्भव भएको उल्लेख भएको पाइन्छ । साथै जनताको आर्थिक उन्नतिका लागि पानी नै आधारशिला हो ।

आजको एक्काइसौं शताब्दीसम्म पनि पानीको विकल्पको रूपमा अन्य वस्तुको विकास गर्न सकिएको छैन । पानी नै जीवन हो ’cause मानव शरीरको संरचनामा ८० प्रतिशत पानी नै रहेको छ जबकि हामी बस्ने पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ भने हाम्रो गुणस्तरीय जीवनलाई शतप्रतिशत पानीले नै प्रमुख भूमिका खेलिरहेको हुन्छ । तैपनि यसमा जलवायु परिवर्तनले थप चुनौती दिएको छ । यही गतिमा तापक्रम वृद्धि हुँदै जाने हो भने यसको असर नेपालमा पनि परी वर्षामा बाढीपहिरो, डुबानले नोक्सान गर्ने र हिँउदमा हिमालय काला हुने परिस्थिति आइरहेको छ । यी कारण खानेपानी व्यवस्थापना तथा वितरणमा अविलम्ब पुनःसंरचनाको आवश्यक देखिन्छ । नयाँ बन्ने संरचनामा हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छे राख्नुपर्छ । राजनीतिक भागबन्डा होइन वास्तविक नेपाली जनताको हित गर्ने शैक्षिक गुणस्तरीय जनशक्ति आवश्यक हुन्छ । स्वतन्त्र, पारदर्शी राजनीतिक हस्तक्षेपबाट मुक्त राखिने प्रतिबद्धता, भ्रष्टाचारमुक्त, जनताको निगरानीमा रहने प्रकृतिको बनाइनुपर्छ । सम्बन्धित निकाय नेपाली जनताको हितमा प्रयोग हुने अनुभूति दिलाउन सक्ने गुणात्मक सुधार, दिगो विकास गर्नुपर्छ । नातावाद, कृपावाद, भ्रष्टाचार, राजनीतिक द्वन्द्व, अयोग्य योजनाकार आदिको अन्त गरी जलस्रोतको धनी उपाधि पाएको नेपाललाई खानेपानी, विद्युत्, कृषि, पर्यापर्यटन आदिमा आत्मनिर्भर बनाउनमा स्थानीय सरकारले महŒवपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९५ लाख मतपत्र छापियो