डेढ लाखभन्दा बढी विद्यार्थीको पढाई प्रभावित

राजविराज । विद्यालय शिक्षा विधेयकमा संशोधन तथा विगतमा भएको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनमा समर्थन जनाउँदै शैक्षिक हड्ताल गरिएपछी सोमबार सप्तरीका सम्पूर्ण सामुदायिक विद्यालयहरुको पठनपाठन ठप्प भएको छ ।

विगतमा नेपाल शिक्षक महासंघ सँग भएको सहमतिको पालना तथा विद्यालय शिक्षा विधेयक संशोधन गरि शिक्षा ऐन जारि नभएसम्म शैक्षिक हड्ताल जारि राख्ने आन्दोलनरत शिक्षकहरुले अडान समेत लिएका छन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा यहाँका अधिकांश शिक्षकहरु अहिले काठमाडौं केन्द्रित आन्दोलनमा सरिक हुन विद्यालयमा पठनपाठन गरी उतै गएपछि सोमबारदेखि पठनपाठन पूर्ण रुपमा ठप्प भएको हो ।

राजविराज नगरपालिकामा मात्रै ६ मावि, १२ निमावि र २४ प्रावि गरि कुल ४२ सामुदायिक विद्यालय छन् । यस्तै जिल्ला भरिमा मावि, निमावि र प्रावि गरि कुल ५ सय १३ सामुदायिक विद्यालय छन् । जसमा डेढ लाख भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

लगातार दुई दिनको बिदापछी सोमबार विद्यालय पुगेका विद्यार्थीहरुले गुरुहरुद्वारा हड्ताल गरिएको थाहा पाएपछि निराश भई घर फर्किएका थिए ।

शिक्षकहरुद्वारा यसरी शैक्षिक हड्ताल नै सुरु गरिएपछी ती सबै बालबालिकाको पठनपाठन र शैक्षिक भविष्य अन्यौलमा परेको छ । आफ्ना माग लिएर काठमाडौंका सडकमा आन्दोलनरत शिक्षकहरुसँग तत्काल वार्ता गरि समस्याको समाधान खोज्न यहाँका अभिभावकहरुले सरकारसँग माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम