जितो नेपाल च्याप्टरद्वारा विश्व नवकार महामन्त्र दिवस आयोजना

काठमाडौं । नेपाल –जितो अन्तर्राष्ट्रिय व्यापार संगठन नेपाल च्याप्टरले वर्तमान अध्यक्ष कमल बेगानीको नेतृत्वमा विश्व नवकार महामन्त्र दिवस आयोजना ग-यो । कार्यक्रम महावीर जयन्तीको पूर्वसन्ध्यामा भएको हो । कार्यक्रम भगवान महावीर जैन निकेतन, काठमाडौंमा सम्पन्न भएको हो ।

जितो एपेक्सद्वारा विभिन्न च्याप्टरहरू मार्फत गरिएको विश्वव्यापी उत्सवको एक भाग थियो। यस कार्यक्रममा एक करोडभन्दा बढी भक्तजनहरू र १०८ भन्दा बढी देशहरूका सहभागीले शान्ति, आध्यात्मिक जागरण र विश्वव्यापी सद्भाव जनाएका थिए।

नवकार महामन्त्र जैन धर्ममा अत्यन्त महत्त्वपूर्ण मानिन्छ, यो मन्त्र जैन दर्शनको सारको प्रतिनिधित्व गर्दछ। नवकार मन्त्रको जपले मन, शरीर र आत्माको शुद्धिकरण गर्दछ, जसले शान्ति र आध्यात्मिक उन्नति ल्याउँछ। यसमा पाँच प्रमुख प्रणामहरू छन् –अरिहन्त, सिद्ध, आचार्य, उपध्याय र साधु – जसले अनुयायीहरूलाई मोक्षको मार्गमा मार्गदर्शन गर्छ। नवकार महामन्त्र केवल जैन समुदायको लागि मात्र होइन, सम्पूर्ण मानवता र सबै प्राणीहरूको भलाईका लागि छ। यस मन्त्रले अहिंसा, सत्य र करुणा जस्ता सार्वभौमिक मूल्यहरूको सम्झना गराउँछ र सबैलाई आध्यात्मिक शान्ति र उन्नतिको मार्गमा अघि बढ्नको लागि प्रेरित गर्दछ।

जैन धर्म, जो संसारको एक प्राचीन धर्म हो, सबै प्राणीहरूको सम्मान गर्न र आत्म(अनुशासन, ध्यान र आध्यात्मिक बोधको महत्त्वमा जोड दिन्छ। नवकार महामन्त्र दिवसको उत्सवले जैन शिक्षामा साझा श्रद्धा मार्फत विश्वव्यापी एकता र शान्ति ल्याउने एक शक्तिशाली अवसर भएको थियो।

कार्यक्रममा लाखौं भक्तजनहरूले नवकार मन्त्रको जप गरेका थिए र यस अवसरमा भारतीय प्रधानमन्त्री श्री नरेंद्र मोदी भर्चुअल रूपमा सहभागी भएका थिए। उनको सहभागिता र धेरै प्रसिद्ध व्यक्तित्व र चर्चित हस्तीहरूको समर्थनले जैन धर्म र यसको सार्वभौमिक मूल्यहरूको महत्त्वलाई अझ बढी उजागर गर्यो।

यस ऐतिहासिक कार्यक्रममा भएको अत्यधिक सहभागिता र यसको विशाल आकारको सम्मानमा, जितो नेपाल च्याप्टर गिनीज वर्ल्ड रेकर्डको लागि आवेदन प्रक्रियामा रहेको छ, जसले सबैभन्दा धेरै मानिसहरूले एकै समयमा मन्त्र जप गरेको रेकर्ड कायम गर्नको लागि प्रयास गरिरहेको छ।

कार्यक्रमको ट्यागलाइन, ूविश्व शान्तिका लागि एकत्रित होऔंू, कार्यक्रमको भावना प्रस्तुत गर्दछ, जसले सबैलाई शान्ति र सद्भावका लागि साझा श्रद्धामा एकत्रित गर्नको लक्ष्य राखेको छ।

जितो नेपाल च्याप्टरले सबै सदस्यहरू र व्यापक जैन समुदायलाई यो वैश्विक आध्यात्मिक यात्रामा सहभागी हुन र भगवान महावीर जैन निकेतन, काठमाडौँमा महावीर जयन्तीको पावन अवसरलाई श्रद्धा र सम्मानका साथ मनाउनको लागि आमन्त्रण गरेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन