बारा । तराई यतायात व्यवसायी संघको १८ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले यतायात व्यवसायीले दुर्घटना तस्करी नियन्त्रण गरिदिए चेकिङ्ग नगरिने बताएका छन् ।
सुरक्षा टिमसंग अहिले नै छलफल गरि चेकिङ्गको नाम दिईने दुख निराकरण गर्ने गृहमन्त्री लेखकले बताए । जसरी ताली एक हातले नबज्ने भएकोले प्रहरीले चेकिङ्ग गरेन भने तस्करी, दुर्घटना न्युनीकरण गर्ने काम यतायात व्यवसायीले पनि गर्नुपर्ने धारणा राखेका थिए ।
प्रमुख जिल्ला अधिकारीले सवारीसाधन तौल गर्न रोकेका छन् भने आजै खोल्न निर्देशन दिएका छन् । कुनै कानुनी बाधा अडचन आयो भने मन्त्रालयमा तुरून्तै छलफल गरि यतायात व्यवसायीलाई दुख दिने काम बन्द गर्नुपर्ने मुख्यमन्त्री लेखकले बताए ।
दुर्घटना न्युनीकरण गर्न यतायात व्यवसायीले पनि सचेत हुन जरुरी रहेको मुख्यमन्त्रीले बताए । व्यवसायीले पनि चालक राख्दा लागुआौषध सेवन गर्ने नहोस, लामो दुरीमा दुई जना चालक राखदिए दुर्घटना न्युनीकरण गर्न सकिने लेखले बताए ।
यतायात व्यवसायीको प्रत्यक्ष सरोकार राख्ने भएकोले सरकार यतायात व्यवसायी प्रति सरकार गम्भिर रहेको गृहमन्त्रीलाई बताए । यतायत व्यवसायीले धेरै भन्दा धेरै लगानी गरी रोजगारी सृजना गरेको गृहमन्त्रीला लेखले बताए । मुलुकको आर्थिकतन्त्रमा यतायात व्यवसायीले प्रत्यक्ष सरोकार राख्ने उनले बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै विचौवियाको अन्त्य गर्नुपर्ने पुर्व मन्त्री फरमुल्लाह मंसुरले बताएका छन् । मुस्कान सहितको सेवा पिडितका काम सहज र सरल तरिकाले बिना कुनै बिचौलियाको माध्यमले गरेर उसको अनुहारमा मुस्कान दियो भने मात्र प्रहरीको मुस्कान सहितको सेवा लागु हुने बताए ।
पुर्व मन्त्री किसान श्रेष्ठले सिमरा ईलाका प्रशासनको स्तोर उन्नति गर्नुपर्नेमा जोड दिए । साथै सिमरा एयरपोर्ट स्तोरउन्नती गरे पर्यटकको लागि मधेश प्रदेश कै उत्कृष्ट एयरपोर्ट स्थापित गर्न सकिने बताए । यतायात व्यवसायीको समस्या समाधान गर्न सकिने उनले बताए ।
राजेन्द्र विक्रम बानिया ट्रक व्यवसायी महासंघ महासचिव द्वन्द काल देखि मधेश आन्दोलन कोरोना कालमा भएको सवारी आगजन्यको आपुर्ति व्यवस्थामा खलल हुन नदिएको बताए । खादयन र ढुवानीको साधन चलेन भने काठमाडौंमा भोकमरी आउने गरेकोले नेपाल सरकारबाट कुनै किसिमको सहयोग नपाएको आरोप लगाए ।
मधेश प्रदेशमा भारतबाट सिमा जोडिएकोले भारतबाच आउने पर्यटक वा मालवेहक गाडीलाई सरकारी निकायले चेकिंगको नाममा दुख दिएको शम्भु सिह ठकुरीले बताएका छन् । करिव ३० किलोमिटरमा चेकिंगको नाममा दुख दिएको व्यवसायीले ८ घण्टा दुख पाउने गरेकोले चालक सुत्न नपाएर दुर्घटना हुने गरेको बताए । यसलाई नियन्त्रण गरिने भने यतायात व्यवसायीहरू आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
चोरी भएको मोटरसाइकल प्रदेश २ मा ट्राफिकले फाएको ईतिहास नरहेको उनले बताए । मधेश प्रदेशमा जनपथ मा आउन नचाने बताए किनकी ट्राफिकको टोपी लगाएर कमाउनमा व्यस्त रहेको आरोप लगाए । भारतबाट आएको गाडीलाई दुख दिएको बताए । सबै कागजात भए पनि ट्राफिक प्रहरीले दुख दिने गरेको बताए ।
२ नम्बर प्रदेशका मान्छे नै २ नम्बर को हुन्छ भनेर सोच आएको बताए । किनकी यहाका मुख्य मन्त्रीले अस्पताल, सोरूम किराना पसल बन्द गर्दै हिडेको बताए । निजगढका एक अस्पतालमा अनुगमनमा आएका मुख्यमन्त्रीसंग सोधेको के गर्नु भएको, जवाबमा फर्काउछन फोन गर्नुस न साझ कुरा गर्ने ।
सवारी चेकिङ्गलाई डिजिलाईजेशन गर्नुपर्नेमा यतायात व्यवसायीले जोड दिएका थिए । ओभरलोडले निमत्याऊने सडक दुर्घटना, वतावरण प्रदुषणले सरकार निरिह भएको समेत बताएका छन् ।
ओम कृष्ण कार्की अध्यक्षतामा १८ और वार्षिक साधारण सभा सिमराको क्लासिक होटलमा आयोजना गरिएको हो । श्रावन १ गते देखि ०८१ फागुन २९ घरे सम्म ५ सय ९८ सवारी दुर्घटना भएको छ । जस मध्ये जन दायित्व तर्फ ६५ थान गाडी र धन दायित्व तर्फ ५ सर ३३ दुर्घटना भएको छ ।






