सप्तरीमा वस दुर्घट्ना, १ महिलासहित ३ को मृत्यु

राजविराज । तिब्रगतीमा रहेको यात्रुवाहक वस अनियन्त्रित भई दुर्घट्ना हुँदा तीन जनाको मृत्यु भएको छ । एक महिला सहित दूई जनाको घटनास्थल मै र एक जनाको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यू भएको हो । दुर्घटनामा २२ जना घाईते भएका छन ।

आईतवार विहान ११ः४५ बजेतीर पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका १० बदगामामा उदयपुरबाट विराटनगर तर्फ जादै गरेको को.प्र.१–०१–००१ ख ३४२० नम्बरको डल्फिन यातायात नामक यात्रुबहक वस दुर्घटनामा परेको हो ।

तिब्र गतिमा रहेको वस चालकले नियन्त्रण गुमाउँदा अचानक सडक मै पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

घटनास्थल इलाका प्रहरी कार्यालय कंचनपुरबाट २ किलो मिटरको दुरीमा पर्दछ । दुर्घटनाको खबर पाए लगतै प्रहरी नायब उपरिक्षक माधव काफ्लेको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाईतेहरुको उद्दार गरी अस्पताल पठाएका थिए ।

प्रहरी नायब उपरिक्षक काफ्लेका अनुसार दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका १ का ७५ वर्षिय रत्न बहादुर मग्राती तथा पहिचान खुल्न बाँकि रहेका ४५ वर्षिया महिला र ४६ वर्षिय पुरुष गरी ३ जनाको मृत्यु भएको छ ।

बसले चेपिएर २ जनाको घट्नास्थल मै तथा मग्रातीको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । पहिचान खुल्न नसकेका ती दुइ जनाको शव अहिले पोस्टमार्टका लागी गजेन्द्रनारायण सिह अस्पताल राजविराजमा राखी आफन्त पत्ता लगाउने काम समेत भइरहेको उनले बताए ।

प्रहरीका अनुसार उक्त वसमा ३५ जना सवार थिए । जसमध्ये २२ जना घाईते भएका छन । उनीहरुको स्थानीय धर्मेश्वर अस्पताल तथा गम्भिर घाइते २ जनाको विराटनगरमा उपचार भई रहेको छ । घाईतेहरुले गाडी तिब्र गतिमा रहेको र एक्कासी सडक मै पल्टिएको बताएका छन ।

दुर्घटना पछि फरार भएका चालक झापाको मेची नगरपालिका ७ का ४७ वर्षिय अमृत दर्जीलाई खोज तलासका क्रममा केही बेरमै दुर्घट्ना स्थल आसपास क्षेत्रबाट पक्राउ गरिएको तथा वस र चालक दुबैलाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)