संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –९ तुम्लिङटार स्थित कुमाल गाउँमा अपरिचित समूहले एक जना वृद्धको रहस्यमय ढङ्गले हत्या गरेको छ । अपरिचित समूहले खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको हत्या भएको संखुवासभा प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
घटना पश्चात धरान बाट तालिम प्राप्त कुकुर सहित टोली ल्याएर आइतबार दिउँसो अनुसन्धान गरिएको थियो । कुकुर बाट समेत अभियुक्त पहिचान हुन नसकेपछि तालिम प्राप्त कुकुर सहित टोली आइतबार नै धरान फर्केको प्रहरी निरीक्षक लामिछानेले बताए । वृद्धको हत्या ’bout प्रहरीले विभिन्न कोणबाट अभियुक्तको खोजी जारी राखेको छ ।
अपरिचित २ जना व्यक्तिले कुमालको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अपरिचत व्यक्तिको आक्रमणबाट अचेत अवस्था पुगेका कुमालको मनकामना सामुदायिक अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
गर्मीका कारण घर बाहिरको आँटीमा बोरा ओछ्याएर सुतिरहेकै अवस्था अपरिचित दुई जनाले घाँटीमा थिचिरे हत्या गरेको प्रहरी निरीक्षक लामिछानेले बताए । शनिबार राति साढे १२ बजे तिर आँटीमा सुति रहेका कुलाल र अपरिचित व्यक्ति विच धकेलाधकेल समेत भएको थियो ।
मृतक वृद्ध अज्ञात समूहको आक्रमणबाट व्यक्तिबाट बच्न प्रयासमा कोठा भित्र सम्म पुगेका श्रीमती सुनामाया कुमालले बताइन् । श्रीमानलाई मार्न लागेको थाहापाए पछि लौरोले समेत उनिहरुलाई हिर्काएको सानुमायाले बताइन् । त्यति गर्दापनि उनिहरुले नछाडेपछि उनि निजिकैको घरमा गुहार माग्दै उनको भनाइ छ । घटना लगत्तै गाउँलेले प्रहरीलाई खबर गरी आक्रमणकारीको खोजी गरेका थिए ।
घटना लगत्तै प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत सहितको टोली रातिनै घटनास्थल पुगेर आक्रमणकारीको खोजी र अनुसन्धान थालेको थियो । वृद्धको हत्या के कारण भएको भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । फरार समूहको खोजीका लागि सबै नाका सिल गरिएको छ । घरमा मृतक कुमाल र उनकी पत्नी मात्रै बस्दै आएका थिए ।