म्याग्दीको ताकमबाट माइतीघरको छायांकन सुरु

काठमाडौं । २०२२ सालमा पहिलो पटक निजी क्षेत्रबाट नेपाली चलचित्र ‘माइतीघर’ निर्माण भएको थियो । सोही चलचित्रका निर्देशक वि एस थापासँग भिडियो कल मार्फत आशीर्वाद लिएर निर्माण टिमले बिहीबारबाट नयाँ चलचित्र ‘माइतीघर’को छायांकन सुरु गरेको छ ।

बुधवार काठमाडौँबाट म्याग्दी प्रस्थान गरेको युनिटले बिहीबार म्याग्दीको ताकम गाउँमा यो चलचित्रको शुभ साइत गर्दै छायांकन थालेको छ । यो चलचित्रलाई मिलन तामाङले निर्देशन गरिरहेका छन् ।

बिहीबार बिहान स्थानीय गणेश मन्दिरमा शुभ साइत तथा पूजा गरेका छायांकन थालेको यो चलचित्रका निर्माता रोहित अधिकारीले राजधानीलाई जानकारी गराए । अधिकारीका अनुसार यो चलचित्रको म्याग्दी क्षेत्रमा ४० दिन छायांकन गरिने छ ।

यो चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारको मुख्य भूमिका रहेको पनि अधिकारीले जानकारी गराए । तामाङ संस्कृतिमा आधारित यो चलचित्र आगामी दसैँको फूलपातीबाट रिलिज हुने निर्माता अधिकारीले बताएका छन् ।

चलचित्र माइतीघरको छायांकरमा सुसन प्रजापति छन् । रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुँदै गरेको यो चलचित्रका अरू निर्मातामा रविन शेरचन र धिरज तामाङ छन् । चलचित्रका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह : साना कुरा गर्दै ठूलो सपना देखाउँदै