डडेल्धुरामा कृषि ज्ञान र भेटेरिनरी अस्पतालबीच अन्तरक्रिया

अन्तरक्रिया कार्यक्रममा आफना भनाई राख्दै राज्यमन्त्री सरस्वती खड्का र सहभागीहरु । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराले नयाँ योजनाका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार आर्थिक वर्ष २०८२–८३ को योजना तर्जुमा सम्बन्धि छलफल तथा कृषि तथ्यांक अध्यावधिकका लागि पालिका प्रमुख, उपप्रमुखसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मिप्रसाद अवस्थिले आफ्नो पालिकामा दुई वटै कार्यालयका योजना नपरेको गुनासो गरे । भूगोलको अध्ययनगरि कृषि र पशुपालनका योजना नगदुर्गा गाउँपालिकामा पनि लागु गर्न उनले आग्रह गरे । योजना माग गर्दा पर्दैनन् । उनले भने, कुन नेतालाई भन्ने । बिचौलियाले बजेट हाल्छन भन्ने सुनिन्छ । बिचौलिया कहाँ गएर खोज्ने ?

गन्यापधुुरा गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर कार्कीले किसान पेशालाई सम्मानित पेशा बनाउन तीनै तहका सरकारले आश्यक कदम चाल्नुपर्ने बताए । कृषि तथा पशुपंक्षि बिमामा सबै किसानको पहुच पुगाउनुपर्ने उनको भनाई थियो । संघीय, प्रदेश र स्थानीय तीन वटै निकायको समन्वय सहकार्यमा जोड दिदै उनले नीजि क्षेत्रसंग मिलेर काम गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा किसानहरुले कृतिम गर्भादानको समस्या, चिस्यान केन्द्रको अभाव, यन्त्रिकरण हुन नसकेको गुनासा गरे । किसान प्रिन्स अवस्थीले कृतिम गर्भादानको सेवा नहुदा १३ वटा गाई बाँझो पालेर बाँडेको बताए । उनले किसान बिषादीको प्रयोग नगर्ने पक्षमा भएपनि जैविक बिषादीको पहुच नभएको बताए । सिजनमा उत्पादन भएको तरकारीलाई भण्डारण गरि बेसिजनमा बिक्रि गर्न सरकारले योजना ल्याउनुपर्ने उनको माग थियो । जंगली जनावरले खेतीपाती सखाप पार्ने भएकाले घेरबार र क्षतीपूतीका योजना ल्याउनुपर्ने बताए ।

जमिन भाडामा लिई व्यवसायीक रुपमा खेतीपाती गर्ने किसानलाई ऋणको सुबिधा नभएको अर्का किसान दत्तराज अवस्थीले बताए । बैंकहरुले कृषि सहुलियत कर्जा दिन्छन । सरकारले ब्याज बुझाउने गरेको छ । तर लालपुर्जा नभएका किसानले जमिन भाडामा लिई कृषि गर्न न बैंकले ऋण दिन्छ, न सरकारले सहुलियत नै । उनले भने, नयाँ टर्नेल वर्षै पिच्छे निर्माण गपरिन्छन तर मर्मतका योजना आउदैनन् ।

डडेल्धुरा बजारमा हाटबजार नै नभएकाले किसानले आफ्ना उत्पादन बजारसम्म पुगाउन नसकेको डेरी व्यवसायी रबिन्द्र पनेरुले बताए । सडकमा राख्दा नगरपालिका, प्रहरीले हटाई दिन्छ । उनले भने, हाटबजार नहुदा किसानले उचित मूल्य पाउदैनन् । तरकारी खरिदमा सिन्डकेट छ । बिचौलियाले किसानलाई पैसा पनि दिदैनन् भने उपभोक्ताले महंगो मूलयमा उपभोग गर्नु पर्ने बाध्यता छ । उनले छाडा पशुचौपायाको व्यवस्थापनका लागि पशुपालन प्राधिकरण बनाउनु पर्ने आवश्यक भएको बताए ।

छाडा पशुचौपाया पालेर दुध संकलन गर्ने, मल बनाउन सकिने, मासु बाघलाई खुवाउने र हड्डि पनि अन्य प्रयोगमा आउने भएकाले रोजगारीको पनि सिर्जना हुने भन्दै उनले सरकारसंग पशुपालन प्राधिकरणको योजना ल्याउन माग गरे । आलिताल गाउँपालिकाबाट दुध कैलाली जाने र कैलालीबाट फेरी डिडिसिले डडेल्धुराका बजारमा दुग्ध जन्य पदार्थ ल्याउने भएकाले त्यस क्षेत्रमा प्रशोधन केन्द्र खोल्न उनले स्थानीय सरकारलाई आग्रह गरे ।

डडेल्धुराबाट दुघ र मासुमा आत्मनिर्भर रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका बरिष्ठ पशु चिकित्सक देवराज भट्टले बताए । दुघ र मासु निर्यात हुने गरेको तथ्यांक उनले प्रश्तुत गरेका थिए । डडेल्धुरामा एक लाख ४६ हजार बढी बाख्रा रहेको उनले बताए । जनशक्ति अभावमा कृतिम गर्भादान लगायतका कयन सेवा दिन नसकिएको उनको भनाई थियो ।

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले डडेल्धुराबाट प्रत्येक वर्ष पाँच हजार कुन्टल आलु निर्यात भईरहेको बताए । उनले तरकारी पाँच हजार कुन्टल, च्याउ एक हजार कुन्टल र १५ सय कुन्टल फलफूल जिल्ला बाहिर निर्यात हुने गरेको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुराको आलु, मह ब्राण्ड बनेको बताईन । मध्यपहाडी जिल्ला डडेल्धुरामा धेरै जमिन बाँझो नरहेको र यहाँको उत्पादन तराईका जिल्लाहरुमा ब्राण्ड बनेको उल्लेख गरिन । सिमित स्रोत साधनमा कृषि क्षेत्रमा उल्लेख्य काम भएको उनको भनाई थियो ।

तीनै तहका सरकारले समन्वय र सहअस्तित्व कायमगरि व्यवसायिक कृषिमा जोड दिनुपर्ने उनले बताईन । सुदूरपश्चिम प्रदेशमा यहाँबाट निर्वाचित चार वटै सांसदहरु एक ठाउँमा अभिदै आएको उनको भनाई थियो । यहाँका सातवटै पालिकाहरुको सर्वांगिण विकासका लागि एकै ठाउँमा उभिएको उनले बताईन ।

कार्यालय प्रमुख एवं कर्मचारीहरुले नेतालाई खोजी खोजी जानु नपर्ने उनले बताईन । तपाईका योजना के छन ? कुन योजना राखौ ? भनी कर्मचारीहरु सरुवा, बढुवाका सवालमा नेताहरुलाई खोजी खोजी जाने भएकाले यसो नगर्न उनले कर्मचारीलाई आग्रह गरिन ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हरिकृष्ण व्यञ्जनकारको प्रतिबद्धता : सम्पदा संरक्षणदेखि चिल्ला सडकसम्म