यूवालाई स्वरोजगारतर्फ उन्मुख गराउँदै बागमती प्रोस्कुन

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कुन) को आयोजनामा तीन दिनसम्म सञ्चालन भएको ‘युवाका लागि वित्तीय शिक्षा – प्रशिक्षक प्रशिक्षण तालिम’ धुलिखेलमा सम्पन्न भएको छ ।

सहकारी अभियानमा आवद्ध युवाको क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र वित्तीय अनुशासन निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित सञ्चालन गरिएको तालिममा ७ जिल्लाका २६ संघ÷संस्थाबाट २९ जना सहभागी रहेका थिए ।

तालिममा सहभागी यूवालाई पूर्ण दक्ष वित्तीय साक्षरता प्रशिक्षकका रूपमा तयार पार्ने उद्देश्य राखिएको थियो ।

बागमती प्रोस्कुनले विकास गरेको वित्तीय साक्षरता सम्बन्धी ३ वटा विशेष मोड्यूलमा आधारित रही यो तालिम संचालन गरिएको संघका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले बताए ।

सहभागीहरूले प्रशिक्षण विधि, वित्तीय योजना, बचत र ऋण व्यवस्थापन, बीमा र लगानी, डिजिटल वित्तीय सेवा लगायतका विविध विषयमा व्यवहारिक अभ्यास, समुह कार्य र अन्तरक्रियात्मक सत्रमार्फत ज्ञान हासिल गरेका थिए । कार्यक्रम समापन समारोहमा संघका अध्यक्ष उद्धव सापकोटाले प्रमाणपत्र वितरण गर्दै भने,‘युवालाई वित्तीय शिक्षा दिनु भनेको उनमा जीवनशैली र भविष्यको सोच बदल्ने बीउ रोप्नु हो । यहाँ सिकिएको ज्ञान र सीप अब संस्थागत अभ्यास र समुदाय स्तरमा फैलनुपर्छ ।’

त्यस्तै महासचिव गोविन्दप्रसाद काफ्लेले युवालाई वित्तीय निर्णयमा सक्षम बनाउँदै सहकारी संस्थाले उनिहरूलाई अनुकूल सेवा र अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए ।

उनले युवा र वित्तको सम्बन्ध अब अझै गहिरो बनाउँदै सहकारीले व्यवहारिक योजना र मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिए । तालिमको मुख्य प्रशिक्षण बागमती प्रोस्ुूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले गरेका थिए । प्रशिक्षण सत्रहरूमा कार्यक्रम अधिकृतद्वय नवराज घोरसाइने र विमला पुडासैनीले सहजीकरण गरेका थिए ।

‘युवाको लागि वित्तीय शिक्षा’ तालिमले सहकारी अभियानमा यूवाको सहभागिता सुनिश्चित गर्न र संस्थालाई यूवामैत्री बनाउने दिशामा एक महत्वपूर्ण प्रयासको खाका कोरेको देखिन्छ । सहभागीहरूबाट पनि तालिम उपयोगी, प्रेरणादायी र व्यवहारिक भएको प्रतिक्रिया प्राप्त भएपछि बागमती प्रोस्कुन उत्साहित छ ।बागमती प्रोस्कूनले आगामी दिनमा तालिम प्राप्त प्रशिक्षकहरूको संजाल निर्माण गर्दै प्रदेशभर यूवाका लागि वित्तीय साक्षरता अभियान विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित