काठमाडौं । बिहीबार चौथो कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५५ अंक। फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
आज १३ मध्ये १२ उप परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
आज शिवम् सिमेन्ट्स कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको ३५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
बिहीबार नेपाल ल्यूब आयलको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ। सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो।
सम्बन्धित समाचार
अमेरिकी डलर, जापानी ऐन, थाई भाट झन झन महँगो
ह्वात्तै घट्यो सुन चाँदीको भाउ
असोजमा अझ घट्यो बैंकहरुको ब्याजदर
१२ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार
लुम्बिनी लायन्सको ‘होम डेभलपमेन्ट बैंक पार्टनर’मा शाइन रेसुंगा निरन्तर
आजको विनियमदर : चिनियाँ युआन मजबुत बन्दा अमेरिकी डलर र जापानी येन कमजोर, थाई भाट स्थिर
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमदर






