सहकारी बैंकको तालिम सम्पन्न

काठमाडौं । नेपालको एकमात्र सहकारी बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा सेवा प्रभावकारिताका लागि आयोजना गरेको ‘एनएफआरएस तथा कर्जा जोखिम व्यवस्थापनसम्बन्धी दुईदिने तालिम’ शुक्रवार सम्पन्न भएको छ ।

कोशी र मधेस प्रदेशका शाखा कार्यालयहरूमा कार्यरत कर्जा विभागका कर्मचारीहरूको सहभागिता रहेको सो तालिमले बैंकको नीति, ध्येय र सदस्य केन्द्रित सेवाप्रति कर्मचारीहरूको प्रतिबद्धता बलियो बनाउने उद्देश्य राखेको थियो ।

तालिममार्फत नेपाल फाइनान्सियल परपोटिङ स्ट्यान्र्डडको व्यवहारिक प्रयोग, कर्जा जोखिम मूल्यांकन र व्यवस्थापन सम्बन्धी विषयमा गहिरो जानकारी प्रदान गरिएको बताइएको छ ।

तालिमको समापन कार्यक्रम कोसी प्रदेश प्रमुख प्रभु पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल प्रमुख अतिथिको रूपमा सहभागी थिए ।

उनले बैंकको सेवा गुणस्तर उकास्न दक्ष, उत्तरदायी र सहकारी मूल्यप्रति निष्ठावान् कर्मचारी अपरिहार्य रहेको उल्लेख गर्दै, यस्ता तालिमहरू नीतिगत स्पष्टता र कार्यान्वयन क्षमताको सेतु हुने बताए ।

तालिममा सहजीकरणको जिम्मा चार्टर्ड एकाउन्टेन्ट प्रबल अधिकारी र साना किसान विकास बैंकका कर्जा विश्लेषक सरोज भट्टराईले सम्हालेका थिए ।

उनीहरूले अन्तर्राष्ट्रिय लेखा प्रतिवेदन मापदण्ड र कर्जा जोखिम मूल्यांकनका व्यवहारिक पक्ष’bout विस्तृत प्रशिक्षण दिएका थिए । सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी र जानकारीमूलक अनुभव गरेका थिए ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालको एकमात्र सहकारी क्षेत्रद्वारा स्थापित र नेपाल राष्ट्र बैंक तथा सहकारी विभागद्वारा नियमन गरिएको बैंक हो । सहकारी संस्थाहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको यस बैंकले देशभर ६८ शाखामार्फत सेवा विस्तार गरिरहेको छ ।

यस तालिमजस्तै कार्यक्रमहरूले बैंकको संस्थागत सुदृढीकरणका साथै सदस्य संस्थासँगको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिइएको सहकारी बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज