काठमाडौं । त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङकी आमा माइलीमाया दोङ छोराको लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेटमा धर्नामा बसेकी छन् । सरकारले आफ्नाे छाेराकाे परिवारका सदस्यकाे भविष्य’bout कुनै निर्णय नगरेकाे उनले दुखेसाे व्यक्त गरिन् ।
गत असोज ५ गते त्रिपुरेश्वरमा रिद्धिसिद्धि बसमा आगजनी गरेका दोङको भोलिपल्ट मृत्यु भएको थियो । ट्राफिक प्रहरीसँगको झडपपछि उनले आक्रोशमा आफैँले चलाएको बसमा आगजनी गरेका थिए । उक्त आगजनीमा परेर गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा अर्जुनको शव परिवारले अहिलेसम्म बुझ्न मानेको छैन । घटनाको दुई साता हुँदासमेत सरकारले कुनै चासो नदेखाएपछि पीडित परिवारका सदस्य न्याय माग्दै सिंहदरबारको ढोकामा पुगेका हुन् ।
सम्बन्धित समाचार
भिडियो निर्माणदेखि विज्ञापन व्यवस्थापन र उपभोक्ता प्रतिक्रिया विश्लेषणसम्म एउटै प्लेटफर्ममा
हिमालय एयरलाइन्सका कर्मचारीद्वारा बाढीपीडितका लागि संकलित रकम हस्तान्तरण
प्रसुति हिंसा न्यूनीकरणकालागि कानुन निर्माणमा जोड
तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
प्रधानमन्त्री शाह अमेरिकाको न्युयोर्क प्रस्थान
बाढीबाट मृत्यु भएकाको डिएनए जाँचमा चिनियाँ प्रविधि र वैज्ञानिकको सफलता
नारायणी पुलमा अड्किएको क्रुज पन्छाउने प्रयास जारी
एसएसपी खड्का पुगे आयोग, गृहमन्त्री र आइजीपीलाई पनि बोलाइने





