उदयपुर-भोजपुर जोड्ने रानीटार पुलले ८ वर्षपछि पायो तिब्रता

उदयपुर । निर्माणाधिन रानीटारस्थित मोटरेबल पक्की पुल उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदिमा निर्माण भई रहेको पुल ८ वर्षपछि निर्माणले गति लिएको छ । लामो समय अलपत्र अबस्थामा थन्किएको दुई जिल्ला जोड्ने मोटरेबल पक्की पुलले चालु आर्थिक वर्ष गति लिएको हो ।

प्राबिधिक समस्याले ८ वर्ष देखि अलपत्र अवस्थामा रहेको मोटरेबल पक्की पुल निर्माणले तिब्रता लिएको हो । सो निर्माणाधिन मोटरेबल पक्की पुल ५ वर्ष अघि नै निर्माण सम्पन्न हुनु पर्ने थियो । तर सुनकोशीमा पुल निर्माणका क्रममा प्राबिधिक समस्या आएपछि पहिलाको पुलको डिजाईन परिबर्तन गरेर नयाँ प्रबिधिको डिजाईन गरेर निर्माण गर्न समय लागेकाले ढिलाई भएको निर्माण कम्पनीको साईट इन्चार्ज हरी ज्ञवालीले जानकारी दिए ।

उदयपुरको चौदण्डीगढी नगरपालिका– १ रानीटार र भोजपुरको आमचोक गाउँपालिका– १० पाँचा जोड्ने सुनकोशी नदिको निर्माणाधिन मोटरेबल पक्की पुल लामो समयदेखि अलपत्र परेको थियो । निर्माण कम्पनीले ३ बर्षमै सक्नु पर्ने उदयपुर – भोजपुरको सिमानास्थित सुनकोशी रानीटार पाँचा पक्की पुल ८ बर्ष यतिकै थन्कियो । डिजाईन परिर्बतनपछि चालु आर्थिक वर्ष पुल निर्माणले गति लिदाँ निर्माणाघिन पुलको भौतिक प्रगति ४३ प्रतिशत पुगेको पुल सेक्टर धरानका साईट ईन्जिनियर नबिन साह बताउँछन । भोजपुरको दक्षिणी भेगलाई उदयपुर सहित तराईसँग जोड्ने रानीटार मोटरेबल पक्की पुलले सहज हुने जनाएाक छन । निर्माण कम्पनीले सम्झौता भएको पहिलो वर्ष सुनकोशीको वारी र पारी २ ठाउँमा पिलर लगाउने काम बाहेक अरु गर्न सकेनन् ।

निर्माणको जिम्मा लिएको रसुवा स्वच्छन्द एसएनएस पप्पु (जेभी) ज्वाइन्ट भेन्चरले ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरि ३० असार २०७३ सालमा ठेक्का सम्झौता गरि काम थालेको थियो । कम्पनीले सम्झौता गरेको मिति देखि ३६ महिना भित्रमा निर्माण सक्न ३० असार २०७७ सक्ने सम्झौतामा उल्लेख थियो । सो पुल तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौं २०७४ सालमा शिल्यान्यास गरेको थियो । शिल्यान्यास गरेको वर्ष जे जति काम गरे त्यसपछि निर्माण कम्पनीले काम गर्न नसकेको स्थानीयबासी बताउँछन ।

ठेक्का सम्झौता हुँदा प्रि वायल फाउण्डेशन प्रबिधिमा सुनकोशी नदिमा ६ पिलर भएको २ सय मिटर लम्बाई ११ मिटर चौडाई रहेको मोटरेबल पक्की पुल निर्माण गर्न लागेको थियो । पुल निर्माणको क्रममा सुनकोशीमा वारि र पारी एक एक पिलर निर्माण गरेपछि नदिको बीचमा प्रि वायल फाउण्डेशन निर्माण गर्न प्राबिधिक समस्या आएपछि पुल निर्माण लामो समय रोकिएको निर्माण कम्पनीका साईट ईन्चार्ज ज्ञवालीले बताए । सम्झौता हुँदा वायल फाउण्डेशनमा पुल निर्माण गर्ने भनिएकोमा निर्माण गर्दै जाँदा वायल फाउण्डेशन असफल भएपछि २०८० सालमा डिजाईन परिर्बतन गरि पाईल फाउण्डेशन प्रबिधिमा निर्माण गर्न डिजाईन बिभागले स्विकृत गरेपछि नयाँ डिजाईनमा पुन त्यसपछि निर्माण सुरु भएको हो ।

नयाँ डिजाईन स्विकृत भएपछि सो पुल २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भएको हो । पाइल’ फाउन्डेसन बनाउने क्रममा नदिको बिचमा पाइलिङ गरि पिलर उठाएको हो । शिलान्यास गरेको ७ वर्षपछि ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो । डिजाइन ‘रिभ्यू’ स्वीकृत भएसँगै निर्माण व्यवसायीले २०८० फागुन २८ गतेदेखि रानीटारमा मोटरेबल पक्की पुल निर्माणको काम थालेको हो । सुरुको डिजाइनमा पुलको ६ वटा प्रि वेल’ फाउन्डेसन राख्नु पर्ने थियो । अहिले डिजाईन परिवर्तन भएसँगै ६ वटा ‘पायल’ फाउन्डेसनमा काम भई रहेको छ । प्राविधिक रूपमा प्रि ‘वेल’ फाउन्डेसन बनाउन असफल र कठिन भएको भन्दै ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल निर्माण गर्ने गरी डिजाइन ‘रिभ्यु’का लागि २०८० साउन १५ गते निर्माण कम्पनीले सडक विभागलाई डोइङ पेश गरेको थियो ।

सडक बिभागले डिजाईन रिभ्यू गरि नयाँ प्रबिधि स्विकृत गरेपछि भने तीब्र गतिमा निर्माण भई रहेको निर्माण कम्पनीका साईट ईन्चार्ज ज्ञवालीको भनाई रहेको छ । निर्माणाधिन मोटरेबल पक्की पुलमा ६ वटा पिलर रहेकोमा अहिले ४ वटा पिलर निर्माण सम्पन्न भई दुई वटा स्ल्याब ढलान भई सकेको धरान पुल सेक्टरका साईट ईन्जिनियर नबिन साहले जानकारी दिए ।

निर्माणाधिन मोटरेबल पक्की पुल २ सय मिटर लम्बाई र ११ मिटर चौडाई रहेकोमा ६ पिलर ५ स्ल्याब रहने ईन्जिनियर साहको भनाई रहेको छ । प्रि वेल फाउन्डेशन असफल भएपछि पाइलिङ प्रबिधिमा निर्माण भएको पिलर नदि मुनि २० मिटर र नदि माथि १८ मिटर रहने ईन्जिनियर साहले बताए । ठेक्का सम्झौता अनुसार २५ करोडमा निर्माण हुन लागेको पुल यहि गतिमा निर्माण भए आगामी २०८३ असार मसान्तमा निर्माण सकिने ईन्जिनियर साह बताउँछन ।

सो पुल निर्माण सम्पन्न हुने अन्तिम पटक थपिएको म्याद भने २०८२ असार मसान्त समाप्त हुने धरान पुल सेक्टर कार्यालयका डिई दिपक झाले बताएका छन । बजेट अभाबमा निर्माण कम्पनीले ५ करोड बराबरको बिल पेश गरेको भएता पनि भुक्तानी पाउन सकेको छैनन् । यता कार्यालयले भने बिल अनुसारको रकम बिभागमा माग गरिएको र असार मसान्त सम्म भुक्तानीको ब्यवस्था मिलाउने बिभागले जनाएको छ ।

पुल निर्माणपछि भोजपुर र उदयपुरलाई यातायातमा सहज बनाउन ठुलो सहयोग पुग्ने स्थानीयबासी बताउँछन । निर्माण कम्पनीले प्रि वायल फाउण्डेशनमा काम गर्न नसक्ने भएपछि कम्पनीले नयाँ पायल प्रबिधिको डिजाईनका काम गरेको हो । उदयपुर, भोजपुरलाई सडक सञ्जालसँग जोड्ने सुनकोसी नदीको पुल डिजाईनमा त्रृटी भएका कारण अलपत्र परेको हो । पुल निर्माण ढिलाई हुँदा स्थानीयबासी आक्रोसित भएका छन् । सो पुल निर्माणको प्राबिधिक रेखदेख पुल सेक्टर धरानले गर्दै आएको छ । सो पुलले भोजपुरको दक्षिणी भेगका बिभिन्न स्थानमा आवत जावत सहज गराउने हँुदा सर्बसाधारणले चासो दिएको छ । सर्बसाधारणले आवज उठाई रहँदा समयमा मोटरेबल पक्की पुल निर्माण नभएकोमा भोजपुरबासी भने आक्रोसित भएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित