फेवातालमा फसेकाको सकुशल उद्धार

पोखरा । फेवातालमा डुंगा सयर गर्नेक्रममा तीव्र हावाहुरीका कारण तालमा फसेकालाई सकुशल उद्धार गरिएको छ । सोमबार दिउँसो ४ बजेतिर तीव्र हावाहुरीका कारण उनीहरु तालमा फसेका थिए ।

भरतपुरको भरतपुर महानगरपालिका–५ बस्ने २१ वर्षीय रेशम थापा तालमा फसेका थिए । उनको फेवाताल रेस्क्यु टावरमा तैनाथ सशस्त्र प्रहरी बलको उद्धार टोलीले सकुशल उद्धार गरेको हो ।

यस्तै, तालमा कायाक बोटमा बोटिङ गरिरहेका १ जना र डुंगामा बोटिङ गरिरहेका ६ जना गरी अन्य ७ जनाको पनि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल मालेपाटन गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट, कतिमा भइराखेको छ आज कारोबार ?