सञ्चार गृहमा प्रहरी प्रवेशप्रति मिडिया एलाइन्स नेपालको आपत्ति

काठमाडौं । सञ्चार गृहमा प्रहरीको प्रवेश र सञ्चार संस्थाको सम्पादकीय तथा व्यावसायिक कार्यक्षेत्रमा हुन सक्ने हस्तक्षेपप्रति मिडिया एलाइन्स नेपालले गम्भीर आपत्ति जनाएको छ।

मंगलबार जारी प्रेस विज्ञप्तिमार्फत संस्थाले कानुनी आधार र निर्धारित प्रक्रियाबिना सञ्चार गृहमा प्रवेश गर्ने, सञ्चारकर्मीलाई त्रसित पार्ने तथा समाचार संकलन, सम्पादन र प्रसारणमा अवरोध सिर्जना गर्ने कार्य अस्वीकार्य रहेको जनाएको हो।

सञ्चार गृह नागरिकको सूचनाको हक सुनिश्चित गर्ने, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने र राज्यका गतिविधिमाथि निगरानी राख्ने सार्वजनिक उत्तरदायित्व बोकेको संस्था भएकाले यसको संस्थागत स्वायत्तता र सम्पादकीय स्वतन्त्रताको सम्मान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

संस्थाले कानुन कार्यान्वयन गर्ने प्रहरी प्रशासनले समेत आफ्नो अधिकार प्रयोग गर्दा प्रचलित कानुनी प्रक्रिया, संवैधानिक व्यवस्था र प्रेस स्वतन्त्रताका आधारभूत मान्यताको पालना गर्नुपर्नेमा जोड दिएको छ।

कुनै घटनाको अनुसन्धान वा कानुनी कारबाही आवश्यक भए निर्धारित प्रक्रिया अपनाउनुपर्ने उल्लेख गर्दै संस्थाले कानुन कार्यान्वयनका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न नहुने जनाएको छ।

मिडिया एलाइन्स नेपालले सञ्चार गृहमा प्रहरी प्रवेश तथा अनुसन्धानका क्रममा कानुनी प्रक्रिया पूर्ण रूपमा पालना गर्न, सम्पादकीय स्वतन्त्रता र संस्थागत स्वायत्ततामाथिको हस्तक्षेप रोक्न तथा सञ्चारकर्मीको पेसागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै, सञ्चार गृहमा भएको घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी तथा संस्थागत जवाफदेहिता सुनिश्चित गर्न पनि संस्थाले आग्रह गरेको छ।

स्वतन्त्र प्रेस लोकतन्त्रमा नागरिकको आवाज र सार्वजनिक जवाफदेहिताको महत्वपूर्ण आधार भएको भन्दै संस्थाले सञ्चार गृहलाई भय, दबाब र हस्तक्षेपमुक्त राख्नु राज्यको संवैधानिक तथा लोकतान्त्रिक दायित्व भएको जनाएको छ।

संस्थाले प्रेस स्वतन्त्रताको रक्षा गर्नु सञ्चार क्षेत्रको मात्र नभई समग्र लोकतन्त्रको रक्षासँग जोडिएको साझा दायित्व भएको पनि स्पष्ट पारेको छ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान