काठमाडौं । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ। आजको बैठकमा भारत-पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
यसैबीच नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम तिम्सिना ढुंगानाले आफूले कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगर्ने बताएकी छन् । उनले ‘कार्यकारी निर्देशकको राजीनामा पूर्ण गभर्नर आएपछि स्वीकृत हुने बताएकी हुन् ।
वैशाख ५ गते राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशकबाट डा. गुणााकर भट्टले बुझाएको राजीनामा ढुंगानाले अझै स्वीकृत गरेकी छैनन् । वित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकलाई राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सिमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बनाउनु र केन्द्रीय बैंकलाई नेतृत्वविहीन राखिएको भन्दै आलोचना हुने गरेको छ ।