मिसेस् टुरिजम क्विन इन्टरनेशनलमा नेपाल सेकेन्ड रनरअप

काठमाडौं । ‘दोस्रो मिसेस् भोग नेपाल–२०२५’ विजेता डा.सुमी मल्लले नेपाल पछि अन्तर्राष्ट्रिय उपाधि जितेकी छिन् । बैंककमा पाँच दिन अघि आयोजित ‘मिसेस् टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा.मल्लले सेकेन्ड रनर अपको उपाधि जितेकी छिन् । सेकेन्ड रनर अपसँगै उनले मिसेस् इन्स्पिरेश्नलको अवार्ड पनि प्राप्त गरिन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि यो उपाधि प्रशंसनीय हो ।

हाउस अफ फेसन नेपालले गत फागुनमा काठमाडौँमा आयोजना गरेको ‘दोस्रो मिसेस् भोग नेपाल–२०२५’को उपाधि जितेपछि उनी नेपालको प्रतिनिधित्व गर्दै बैंकक गएकी हुन् । उनी मंगलवार काठमाडौं फर्किएपछि हाउस अफ फेसन नेपालले पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै यो जानकारी गराएको हो ।

सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहित विभिन्न २५ देशका प्रतिस्पर्धी बिच प्रतिस्पर्धा भएको थियो । जसमा डा. मल्ल सेकेन्ड रनर अप भएकी हुन् ।

पत्रकार भेटघाटका क्रममा डा. मल्लले भनिन, ‘ २५ देशका हामी महिलाहरूबिच भएको प्रतिस्पर्धामा मुख्य उपाधि रसियाकी प्रतियोगीले जित्नु भयो, भने नेपाली प्रतिस्पर्धीको रूपमा सहभागी म सेकेन्ड रनर अपसँगै मिस इन्स्पिरेश्नल (सबैभन्दा प्रेरणादायी) को अवार्ड जित्न सफल भएँ ।’

बैंककमा सम्पन्न मिसेस् टुरिजम क्विन इन्टरनेशनल–२०२५मा आफूले नेपाल पर्यटनको हिसाबले सुन्दर मुलुक भएको बताउँदै नेपालको भौगोलिक संस्कृतिक सुन्दरताको ’boutमा चर्चा गरेको पनि उनले बताइन् । सहभागीलाई नेपाल आउन आफुले निम्ता गरेको पनि उनले जानकारी गराईन् ।

पत्रकार सम्मेलनमा हाउस अफ फेसनले तेस्रो संस्करणको ‘मिसेस् भोग नेपाल–२०२६’ आयोजनाको घोषणा पनि गरियो । आगामी जनवरीमा आयोजना हुने यो प्रतियोगितामा विवाहित नेपाली नारीहरूले प्रतिस्पर्धा गर्न सक्ने हाउस अफ फेसन नेपालले कार्यक्रममा जानकारी गरायो ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी एकताका लागि त्याग गर्न तयार रहेको कोइरालाको सन्देश