काठमाडौं । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन् ।
मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
सम्बन्धित समाचार
‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’
म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध
प्रधानमन्त्री राहत कोषमा ६ अर्ब रुपैयाँभन्दा बढी संकलन
बाढी अपडेट: मृत्यु हुनेको संख्या १२ सय ५९ पुग्यो, ५ हजार ८३ जना सम्पर्कविहीन
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन






