कृषिमा क्रान्ति ल्याउन १ सय ३३ थान टयुवल वितरण : पुर्वकृषि मन्त्री साह

बारा । मधेश प्रदेशमा कृषि क्षेत्रमा क्रान्ती ल्याउन स्यालो ट्युववेल वितरण गरिएको पुर्व कृषि मन्त्री ज्वाला साहले बताइन । कृषिको हब मानिने मधेश प्रदेशको बारा स्थित कलैया- १२ मा बिहीबार स्यालो ट्युववेल वितरण गरिएको हो ।

साना सिंचाई कार्यक्रम अन्तर्गत ८५ प्रतिशत अनुदानमा स्यालो ट्युववेल जडान गर्नका लागि पूर्व कृषि मन्त्री साहद्वारा १ सर ३३ थान कृषि मोटर किसानहरूलाई वितरण गरिएको हो । देशको आर्थिक तन्त्र मजबुत बनाउन कृषिलाई प्रोत्साहित गर्नुपर्ने साहले बताइन । किसानहरूलाई अनुदानमा कृषि समाग्री वितरण गर्दा बाँझो जग्गालाई पनि उर्वर बनाई खेती गर्न सक्ने उनले बताइन ।

युवा वर्गलाई आधुनिक कृषि क्षेत्र तिर प्रोत्साहित गर्न सके विदेशीने युवा स्वदेश मै रोजगारी सृजना गर्न सक्ने कृषि मन्त्रीले भने । आफ्नो चुनावी प्रतिवद्धता अनुसार किसानहरूलाई अनुदानमा कृषि मोटर वितरण गरेको साहले बताइन । किसान आत्मनिर्भर बन्न आफुले आफ्नो कार्यकालमा गरेको अध्यन अनुसार सहज सिचाई गर्नको लागि कृषि मोटर वितरण गरिएको हो ।

मरूभूमि बन्दै गएको मधेश प्रदेश सुख्खा हुदै गएको मन्त्री साहले बताइन । पानीको अभावमा किसानले समयमा अन्बाली उत्पादन गर्न नसक्दा अन्य मुलुकमा निर्भर हुनु परेको उनले बताइन । समयमा वर्षातको पानी नहुनु नदी नालाको मुहान सुक्नुले पनि किसानको उत्पादनमा ह्रास आएको साहले बताइन ।

किसानको उत्पादनमा कमिको सिधा असर देशको अर्थतन्त्रमा पर्ने गएको उनले बताइन । देशको अर्थतन्त्र सुधार गर्न, बेरोजगारीलाई निरुत्साहित गर्न पनि किसानलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिईन ।

वडाध्यक्ष लालबाबु महतोका अनुसार पुर्व कृषि मन्त्री साहले विनियोजन गरेको ८५ प्रतिशत अनुदानको मोटरमा लाभान्वित प्रत्येक किसानले १५ प्रतिशत तिर्ने जानकारी गराए । श्री महाधन लछ्मी कृषि सहकारी संस्था मार्फत सम्पूर्ण प्रक्रिया पुगेका किसानहरूलाई एक कार्यक्रमको आयोजना गरि कृषि मोटर वितरण गरिएको वडाध्यक्ष महतोले बताए ।

पुर्व कृषि मन्त्री ज्वाला साहको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा नेकपा एमाले बाराका सचिव अमृत बजगाई, वडाध्यक्ष लालबाबु महतो, वडाध्यक्ष अशोक तिवारी, कलैया उपमहानगरपालिका कृषि बिकास शाखा प्रमुख कुन्दन यादव, पशु अधिकृत डा मनिष मन्डल, पशु प्राविधिक रमेश राम लगायतकाको सहभागिता रहेको सतदेव केशरीले जानकारी गदाएका छन् ।

संस्थाका अध्यक्ष बिनोद साहको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग