रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालतले हाजिरी जमानीमा छोड्न आदेश गरेको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतका न्यायाधिश द्वय डा. कुमार चुँडाल र तिल प्रसाद श्रेष्ठले उनलाई कानुन व्यवसायीको जिम्मा लगाएर हाजिरी जमानीमा तत्काल रिहा गर्न आदेश गरेका हुन् ।

गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका पक्राउ गरेको थियो ।

त्यसयता उनी हिरासतमा थिए । उनलाई प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीको बीमा दाबी २६ अर्ब रुपैयाँ, भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन