सर्लाही । सर्लाहीको बागमति नगरपालिका वडा नं. १ पानीटयाङ्की चोकस्थित पुर्व पश्चिम राजमार्गमा शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । मृत्यु हुनेमा मलंगवा नगरपालिका–१० बस्ने अफाक हुसेनको छोरा २१ वर्षीय मोहमद कैफ मिकरानी हुन् । त्यस्तै मलंगवा–१० कै बिजय यादवको छोरा २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाईते भएको छ ।
आज बागमतीबाट हरिवनतर्फ जादै गरेको ना ७ ख ६३९१ नम्बरको बालुवा लोड गरेको टिपरले बिपरित दिशा तर्फबाट आउँदै गरेको बा ६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिकरानी र यादव गम्भीर घाइते भएका थिए ।
दुर्घटना पश्चात् घाइते दुबै जनालाई नमुना अस्पताल हरिवनमा ल्याइएकोमा थप उपचारको लागि एल एस न्युरो अस्पताल बारा लगिएको थियो । मिकरानीको एल एस न्युरो अस्पतालमा मृत्यु भएको र गम्भीर घाइते यादवको उपचार भईरहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने टिपर र टिपर चालक बागमती नगरपालिका (१२ बस्ने ३४ वर्षीय उदव मोक्तान तथा मोटरसाइकल ईलाका प्रहरी कार्यलय कर्मैयाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।