गगल थापाले भने– ‘कुकृत्य गर्ने एकजनाले पनि छुट पाउनुहुन्न’

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धरान आएर भिजिट भिसा प्रकरण’bout बोलेका छन् । कांग्रेस धरान उपमहानगरपालिकाको आयोजनामा भएको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले भिजिट भिसा प्रकरण’bout बोलेका हुन् ।

‘भ्रष्टाचारको विषयले गर्दा, काण्डै–काण्डले गर्दा नागरिकहरुमा यति धेरै फ्रस्टेसन भएको छ कि देश सबै काण्डै–काण्डमा डुब्यो भन्ने लागेको छ,’ थापाले सम्बोधनका क्रममा भने, ‘यी कुराहरू आइरहँदा नेपाली कांग्रेस पार्टी कसरी बुझ्ने ? यस’bout चिन्तन गर्ने यो ’bout छलफल गर्नुपर्ने भएको छ ।’

कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकको विषयमा उनले आफ्ना धारणा सार्वजनिक गरे । मन्तव्यका क्रममा उनले झण्डै एक घण्टा समय खर्च गरे । त्यस क्रममा १५ मिनेटभन्दा लामो समय भिजिट भिसा प्रकरणमा उनले बोलेका थिए ।

‘यसभन्दा अगाडि नक्कली भुटानी शरणार्थीको प्रकरण आयो । अहिले भिजिट भिसा प्रकरण आएको छ । हामीले पार्टीको तर्फबाट हिजो पनि भन्यौँ कि, कुनै पनि सार्वजनिक पदमा बसेको मानिसले कुनै पनि गलत काम गर्छ, अख्तियारको दुरुपयोग गर्छ, देश र जनताको अहित हुने काम गर्छ, आफ्नो निजी सम्पत्ति बढाउने काम गर्छ अख्तियारको दुरुपयोग गरेर भने दण्डनीय हुनुपर्छ,’ महामन्त्री थापाले भने, ‘दण्ड पाउँदै गर्दा यो, त्यो, तेरो, मेरो, दायाँ, बायाँ हुनुहुन्न । निर्दोष कोही पर्नुहुन्न, दोषी कोही फस्नुहुन्न । कांग्रेसको हिजो, आज र भोलिको धारणा यही हो ।’

राज्यको जिम्मेवारी लिने निकायले नै अख्तियारको दुरुपयोग गर्नु अशोभनीय र अकल्पनीय रहेको उनले बताए ।

‘कांग्रेस, एमाले, माओवादी चाहे नयाँ पार्टी वा पुरानो पार्टीको पर्छ । मेरो घरको सहोदर भएपनि गलत गरेको छ भने त्यो अपराध हो, त्यसले सजाय पाउनुपर्छ । यो प्रकरणको सन्दर्भमा नेपालको एउटा नागरिक नेपाल छाडेर बाहिर जाँदै गर्दा अन्तरािष्ट्रय विमानस्थलमा ठगीमा पर्ने कुरा फाट्टफुट्ट सुनेका छौँ । राज्यको जिम्मेवारीमा रहेको अधिकारीहरूबाट अख्तियारको दुरुपयोग गरेर भिजिट भिसाको नाममा जुन खालको सार्वजनिक भएको छ, यो सुन्दै गर्दा हामी स्तब्ध भएका छौँ,’ उनले भने ।

खासगरी नागरिकको संरक्षण र सुरक्षा गर्नुपर्ने राज्यको निकायबाटै आम मानिस पीडित भएको कुराले पार्टी स्तब्ध भएको थापा बताउँछन् । यस’bout अख्तियार दुरुपयोग अनुसन्धानले छानविन थालेको र अनुसन्धान नटुंगिएसम्म कसैलाई दोषी भन्न नमिल्ने उनले बताए ।

‘यस्तो कुकृत्य गर्ने एकजनाले पनि छुट पाउनुहुन्न । जहिलेदेखि सुरु भएको छ, सबै दोषीले सजाय पाउनुपर्छ । संवैधानिक निकाय (अख्तियार)ले शक्तिको भक्ति नगरी निर्भीक भएर, भीडले के भन्छ भनेर भीडले गरेको निर्णय सुनाउने होइन । कहिलेदेखि सुरु भएको जरा, हाँगा, बिँगा पत्ता लगाएर एक–एक फाइल पल्टाएर एउटा–एउटा दोषीले सजाय पाउनुपर्छ,’ थापाले भने, ‘यसमा हाम्रा मान्छे कोही पर्छ भनेर सडकमा रुवाबासी गर्दैनौँ, गर्नु पनि हुँदैन । गलत गरेको छ भने सजाय पाउनुपर्छ ।’

राज्यको कुनै पनि निकायबाट अख्तियारको दुरुपयोग भएमा त्यो अनुसन्धान गर्न नै अख्तियार दुरुपयोग अनुसन्धान बनाएको उनले उल्लेख गरे । थापाले भने, ‘अहिले पनि सयौँ माथि अनुसन्धान भइरहेको छ, जुनसुकै विषयमा जो सुकै दोषी पाइए कारबाही हुन्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धानले अनुसन्धान गरिरहेको बेलामा, अनुसन्धानको क्रममा जो माथि अनुसन्धान हुन्छ, उसको जिम्मा उसैले लिनुपर्ने र अनुसन्धान नसकिउन्जेलसम्म तँ पनि होस्, तँ पनि होस् भन्नु ठीक नभएको उनको भनाइ छ ।

गृहमन्त्री लेखकप्रति इङ्गित गर्दै उनले भने, ‘हिजो पनि हाम्रो नेताले इमानदारपूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको हो । आज पनि इमानदार हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ । तर विश्वासभन्दा माथि तथ्य र प्रमाण हुन्छ । निष्पक्ष छानविन हुनुपर्छ भन्ने हाम्रो विश्वास छ । मन्त्रीमाथि नै छानविन हुने अवस्था आएमा तत्क्षण जिम्मेवारीबाट अलग रहनुपर्छ, गल्ती गरेको छ भने सजाय भोग्नुपर्छ ।’

अनुसन्धानको दायरामा जो सुकै मन्त्री आएपनि जिम्मेवारीबाट अलग रहनुपर्नेमा पार्टी दृढ रहेको उनले बताए । अहिले बाहिरिएको भिजिट भिसाको प्रकरण अमानवीय, अक्षम, अपराध रहेको थापा बताउँछन् । उनी भन्छन्, ‘यसमा ठूलो, सानो केही हुँदैन । नयाँ, पुरानो केही हुँदैन । अब यसो हुन नदिन कांग्रेसको जिम्मेवारी छ । नेपालको राजनीतिलाई शुद्ध र सफा बनाउनसमेत आवश्यक रहेको छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई गृह मन्त्रालयमा सरुवा भएको भोलिपल्टै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि गृहमन्त्री लेखक विवादमा तनिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानका लागि बोलाएको थियो ।

अख्तियारले जेठ ७ गते अपराह्न गृह मन्त्रालयबाटै सहसचिव भट्टराईलाई नियन्त्रणमा सोधपुछ गरेर साँझ छोडेको थियो । गृहमन्त्री बनेपछि लेखकले नै भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालका प्रमुख बनाएर पठाएका थिए । त्यहाँबाट सरुवा भएर गृह फर्किएको भोलिपल्टै उनी अख्तियारको अनुसन्धानमा तानिएका थिए । उक्त प्रकरणमा भट्टराई एक्लै नभएर गृहमन्त्रीको समेत ‘मिलेमतो’ भएको भन्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेको छन् ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उदयपुरमा करेण्ट लागेर किशोरीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ताे छ भरतपुरकाे ताजा अपडेट, रेणुकाे अग्रता कायमै