तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हानेको आरोपमा पक्राउ

लमजुङ । लमजुङमा तरुण दलको पाँचौं अधिवेशनको उदघाटन सत्रमा खुकुरी प्रहार गर्ने एक व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाको १३ औं दिन प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

उनी लमजुङको मध्य नेपाल नगरपालिका– ६ का ४२ वर्षीय किरण गुरुङलाई भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले बताए । उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका उनलाई जिल्ला अदालत पेस गरेर ७ दिन म्याद थप लिई ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्दामा अनुसन्धान सुरु भएको प्रहरी भनाइ छ ।

प्रतिनिधि छनौटका विषयमा विदाद लम्बिएर अधिवेशन स्थागन हुने स्थिति उत्पन्न हुँदै गर्दा अधिवेशन अघि बढाउन खोज्दा विवाद चर्किएको थियो । सो विवादमा एक पक्षले अर्को पक्षमाथि खुकुरी प्रहार गर्दा चार जना घाइते भएका थिए ।

पीडितपक्षबाट चार जनाका विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले खोजी गरेको हो । अन्यको खोजी भइरहेको छ ।

बेसीशहर नगरपालिका– ८ स्थित प्रगतिटोल तमु सामुदायिक छोंज धिं.को कम्पाउण्ड बाहिर भएको उक्त घटनामा संलग्न अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उता, सो घट्ना पछि जेठ १० गतेसम्मका लागि स्थगित गरिएको तरुण दलको निर्वाचन ९ गते अनिश्चितकालका लागि स्थगन भएको सूचना निर्वाचन अधिकृत एवम् अधिवक्ता विजयप्रकाश अधिकारीले नेपाली काँग्रेसको जिल्ला समितिको कार्यालयमा टाँस गरेर जानकारी दिएका छन् ।

सो घट्नामा घाइते भएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदिप अधिकारी १० दिनको दिनमा मात्र अस्पतालबाट डिस्चार्ज भएको उनको परिवारस्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम