नेपाल चाइल्ड हुड क्यान्सर एलायन्सद्वारा बाल क्यान्सरबाट पीडितहरूका लागि छात्रवृत्ति

काठमाडौँ । सन् २०२५ जुन १ मा, नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले इन्टरनेशनल क्यान्सर सर्भाइभर डे को अवसरमा बाल क्यान्सरबाट बाँच्न सफल भएका १४ जना किशोर किशोरीहरूलाई कुल ६ लाख नेपाली रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।

यो कार्यक्रम रमेश गुप्ता स्मृति प्रतिष्ठान, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सर, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन, तथा वल्र्ड चाइल्ड क्यान्सरको सहकार्यमा सुरु गरिएको हो । यो कार्यक्रमले क्यान्सरबाट बाँच्न सफल बालबालिका, उनीहरूको परिवार, डाक्टरहरू, नर्सहरू र प्रमुख सरोकारवाला पक्षहरूलाई छात्रवृत्ति वितरणमा सहभागि हुने अवसर प्रदान गरेको थियोे । कार्यक्रममा क्यान्सर बाट बाँच्न सफल बालबालिकाहरुले आफ्नो साहस र आशाले भरिएका प्रेरणादायी कथाहरू सुनाएका थिए ।

कार्यक्रमका प्रमुख वक्ता डा. बिश्वनाथ अधिकारी, कान्ति बाल अस्पतालका बाल क्यान्सर विशेषज्ञले उपचारपछिको निरन्तर निगरानीको महत्वमा जोड दिँदै नियमित फलोअप क्यान्सरमुक्त भविष्यका लागि अनिवार्य रहेको बताए ।

त्यस्तै, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सरका अध्यक्ष बिशप जोशीले शिक्षा बाल क्यान्सरबाट बाच्न सफल बालबालिकाहरूका लागि जीवन परिवर्तनकारी हुने र शिक्षाले उनीहरूलाई सशक्त बनाउनुका साथै समाजलाई क्यान्सरसँग जोडिएको कलंक हटाउन सहयोग पु-याउने बताए । कान्ति बाल अस्पतालको बाल क्यान्सर वार्डकी नर्सिङ इन्चार्ज रमा पराजुलीले भावनात्मक साहसको कुरा गर्दै बालबालिकाको उपचारमा आमाबाबुको साहसिक भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताइन् ।

रमेश गुप्ता स्मृति प्रतिष्ठानका कार्यक्रम प्रमुख भावनाथ झाले दिर्घकालीन स्रोत र लगानीको आवश्यकता औँल्याउँदै भने, “हामी सबैको साझा लक्ष्य भनेको उपचार र जीवन पुनःनिर्माणमा रहेका परिवारहरूलाई समग्र रूपमा साथ दिनु रहेको हो ।”

छात्रवृत्ति प्राप्त सदिक्षा तामाङकी आमा हरिमाया तामाङले, भावुक हुँदै भनिन्, “छोरीलाई क्यान्सर भएको खबरले म विचलित भएँ, आर्थिक बोझ कसरी थेग्ने भन्ने थाहा थिएन ल्ऋऋब् को साथले हाम्रो जीवनमा धेरेै परिवर्तन आयो अब छात्रवृत्तिले अझै राहत दिएको छ त्यसैले म अत्यन्तै आभारी छु ।”

वल्र्ड चाइल्ड क्यान्सर नेपालका कार्यक्रम संयोजक सम्राट रायमाझीले क्यान्सरबाट बाँचेकाहरूको साहसको प्रशंसा गर्दै भने “१४ बालबालिकालाई शैक्षिक छात्रवृत्तिद्वारा समर्थन गर्न पाउनु हाम्रो लागि गौरवको कुरा रहेको र उपचारपछि पनि उनीहरूलाई स्वस्थ र खुसी जीवनतर्फ अघि बढाउन हामी प्रतिबद्ध छौँ ।”

लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसनकी प्रवक्ता रोजिना मानन्धरले भनिन्, “सर्भाइभर डे केवल उत्सव मात्र होइन, कुनै पनि बालबालिकाले क्यान्सरसँग एक्लै लड्न नपरोस् भन्ने सन्देश पनि हो ।”

सरकारी निकाय, स्वास्थ्य संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनबिचको बलियो सहकार्यमार्फत नेपाल चाइल्ड हुड क्यान्सर एलायन्सले नेपालको बाल क्यान्सर परिदृश्य परिवर्तन गर्न प्रतिबद्धता जनाएको छ ।

एलायन्सले सबै सरोकारवालालाई आह्वान गर्दै क्यान्सरविरुद्धको यात्रामा कुनै पनि बालबालिका पछाडि नपरोस् भन्ने उद्देश्यमा एकजुट हुन आग्रह गरेको छ । यो छात्रवृत्ति कार्यक्रम सन् २०२५ फेब्रुअरी १६ मा भएको ल्ऋऋब् को औपचारिक उद्घाटनपछिको प्रमुख पहल हो, जसले क्यान्सरबाट बाँचेका बालबलिकाहरूको दिर्घकालीन पुनःएकीकरण र पुनःस्थापनालाई समर्थन गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश