काठमाडौं । संसद्को जारी अवरोध खुलाउने र वर्तमान सत्ता गठबन्धन भत्काउनेगरी नेताहरू गृहकार्यमा लागेका छन् । आन्तरिक गृहकार्यमा जुटेका नेताहरू अदालतबाट २८ जेठमा आउने संवैधानिक पदाधिकारी नियुक्तिको निर्णयसमेत पर्खिरहेका छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहित साना दलहरूको गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । प्रधानमन्त्रीको कार्यशैली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुचाएका छैनन् ।
सत्ता गठबन्धनभित्र खेल्न खोजियो: ओली
एमालेलाई बाहिर राखेर कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित साना दलको गठबन्धन बनाउनेगरी गृहकार्य भइरहेको छ । कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा यस’boutमा छलफल भएको दाबी गरिएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएका प्रतिपक्षी दलहरूले छानबिन समिति गठन गरे संसद् अवरुद्ध नगर्ने निष्कर्षमा पुगेका छन् । पछिल्लो समय शनिबार देउवासँग भेटेका प्रचण्डले भेट’boutमा आइतबार प्रतिपक्षी दलको बैठकमा यस’bout ब्रिफिङ गरेका छन् ।
प्रचण्डले भिजिट भिसा प्रकरणमा सत्ता पक्षबाट छानबिन समिति बनाउने प्रतिबद्धता व्यक्त भए सदन खोल्न सहयोग गर्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए । कांग्रेस सभापति देउवासँग आफ्नो राम्रो छलफल भएको बताउँदै प्रचण्डले सदनको अवरोध खोल्नका लागि छानबिन समितिको प्रतिबद्धता भए सहयोग गर्नुपर्ने बताए ।
गृहमन्त्री लेखकको राजीनामा ‘बटमलाइन’ बनाएका प्रतिपक्षी दलहरू एकाएक किन उनको राजीनामा नआईकन नै संसद्को जारी अवरोध खोल्नेगरी लचक हुनुपर्ने प्रचण्डले संकेत गरे । जब प्रचण्डले देउवालाई पछिल्लो समय पटकपटक भेटेपछि नयाँ गठबन्धनको समेत छलफल अगाडि बढेपछि प्रतिपक्षी गृहमन्त्रीको राजीनामाबाट ब्याक भएको चर्चा छ । राजीतिक कोर्सका लागि पनि सदनको अवरोध खुलाउन सहयोग गर्नुपर्ने मत प्रचण्डको रहेको बैठकमा सहभागी एक नेताले बताए ।
तर, रास्वपा सहप्रवक्ता एवं सांसद मनीष झाले प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको विषय छोडेको जस्तो देखिए पनि त्यस्तो नभएको बताए । उच्चस्तरीय छानबिन समिति बनेपछि त्यस समितिले छानबिन गर्ने बताउँदै उनले त्यसपछि राजीनामाको विषय पनि त्यसैमा नै आउने बताए ।
‘हामीले १८ वर्षका १४ मन्त्रीको छानबिन हुनेगरी छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने भन्दै आएका छौं, गृहमन्त्रीको राजीनामा छोडेको जस्तो होइन, समितिले छानबिन गर्न थालेपछि राजीनामा पनि त्यससँगै जोडिएर आउने हो,’ सांसद झाले भने, ‘अर्को विषय यो नयाँ राजीतिक कोर्सका ’boutमा हामीलाई कुनै प्रस्ताव वा हामीले कुनै छलफल गरेका छैनौं ।’
तर, उच्चस्रोतका अनुसार देउवाले प्रचण्डसँग रास्वपालाई पनि साथमै लिएर अगाडि बढ्नेगरी लाग्न भनेका छन् । सोहीअनुसार प्रचण्डले रास्वपालाई नबिच्काई फकाउने प्रयाससमेत गरिरहेका छन् ।
आइतबार नै माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिवद्वय बर्षमान पुन, शक्तिबहादुर बस्नेत, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता ज्ञानेन्द्र कार्कीका बीचमा संसद्को अवरोध खुलाउने ’boutमामा छलफल भएको छ ।
बैठकमा माओवादीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनका लागि समर्थन मागेका थिए । तर, कांग्रेसका नेताहरू भने माओवादीको आग्रहमा सहमत भएनन् ।
माओवादी नेता राजन दाहालले देउवा र प्रचण्डबीचको भेटवार्तामा सदनको जारी अवरोध हटाउने विषयमा छलफल भएको बताए । उनले देउवा र प्रचण्डबीच कुराकानी सकारात्मक भएको दाबी गर्दै भने, ‘माननीय शेरबहादुर देउवाजी पनि गम्भीर बन्नुभएको छ, प्रधानमन्त्री ओलीको शासन प्रक्रियाप्रति शेरबहादुरजीको कहीँ न कहीँ विमति देखिन्छ नै, कमसेकम हामीले हाम्रो विषयवस्तु गम्भीरतापूर्वक राखेका छौं ।’
यसैबीच, प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्तासाझेदार दलभित्र कुनै मतान्तर नरहेको बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औं राष्ट्रिय महाधिवेशनको आइतबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने दोहो¥याए । सत्ता हस्तान्तरण गर्ने विषय पटकपटक ओलीले दोहो¥याउँदै आएका छन् ।
‘हाम्रा विरोधीहरूले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन्, हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेका छौं, प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ,’ ओलीले भने, ‘हामी अहिले सँगै सरकारमा रहेर भोलि प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौं, त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनेगरी काम गर्नुपर्छ, यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन ।’
आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिनको १ बजे त्यसपछि ३ः१५ र ५ः३० बजे बैठक बस्ने सूचना जारी गर्दै बैठक स्थगित भएको हो । सोमबार दिनको २ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरे, प्रमुख दलका प्रमुख सचेतकसहित नेताहरूका बीचमा निरन्तर छलफल भए पनि सहमति जुट्न सकेको छैन ।
सम्बन्धित समाचार







