पोखराका सुमनले जिते राष्ट्रिय लोकदोहोरी गीत आइडल

काठमाडौं । ‘राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२’ को उपाधि पोखराका लोक दोहोरी गायक सुमन खड्काले जितेका छन् । सोमबारबाट काठमाडौँमा सुरु भएको राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ बुधवार मध्यरातपछि सकियो ।

मुलुकका सात वटै प्रदेशका दोहोरी गायक गायिकाहरूबिचको यो प्रतिस्पर्धा भएको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा सबैलाई उछिन्दै लोकदोहोरी आइडलको उपाधि पोखरा रोदी घर, पोखराका गायक सुमन खड्काले जितेका हुन् । प्रतियोगितामा प्रथम भएका सुमनले मोटरसाइकल सहित ३३ हजार ३३३ रुपैयाँ र लोक दोहोरी आइडलको उपाधि हासिल गरे । समापन समारोहमा होटल व्यवसायी सुवास खड्काले सुमनलाई सो पुरस्कार प्रदान गरे ।

यस्तै राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ प्रतियोगितामा द्वितीय पुरस्कार काठमाडौँ, कोटेश्वरमा रहेको सालघारी दोहोरी साँझकी गायिका संगिना थापामगरले जितेकी छिन् । उनले पुरस्कारसँगै एउटा स्कुटर र २२ हजार २ सय २२ रुपैंया प्राप्त गरिन् ।

प्रतियोगितामा तेस्रो र चौथो भएका गायक एवम् गायिकाहरूले क्रमशः सर्वोत्कृष्ट र उत्कृष्ट गायक गायिकाको पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सर्वोत्कृष्ट गायकको पुरस्कार प्रितम पोखरेलले प्राप्त गरे । उनले उपाधि सहित १५ हजार ५१५ रुपैयाँ हासिल गरे । सोही समारोहमा सर्वोत्कृष्ट गायिकाको पुरस्कार दरबार रोदी क्लव घण्टाघर काठमाडौँकी बिमा अनुरागीले जितिन् । बिमाले पनि सर्वोत्कृष्ट गायिकाको पुरस्कारसँगै १५ हजार ५१५ रुपैयाँ प्राप्त गरिन् ।

यस्तै यो प्रतियोगितामा उत्कृष्ट गायकको उपाधि दरबार रोदी क्लव घण्टाघरका दिलीप थापामगरले प्राप्त गरे । उनले पुरस्कार सँगै ११ हजार रुपैयाँ पाए भने उत्कृष्ट गायिकाको पुरस्कार जमुना सुनारले प्राप्त गरिन् । उनले पनि पुरस्कारसँगै ११ हजार रुपैयाँ पाइन् ।

२६ जेठ सोमबार बिहानबाट काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लवमा सुरु भएको यो प्रतियोगिता तीन दिनसम्म चलेको थियो । प्रतियोगितामा देशभर रहेका दोहोरी साँझमा कार्यरत ६१ जना गायक गायिकाको समूहबिच लोक दोहोरी गीत गायनमा प्रतिस्पर्धा भएको थियो ।

यो प्रतियोगितामा उत्कृष्ट भेसभुसा तर्फको पुरस्कार रत्न श्रेष्ठले पाए । यस्तै अनुशासित गायकको पुरस्कार सविन आचार्यले प्राप्त गरे । यी दुवैले जनही ११ हजार रुपैयाँ र पुरस्कार पत्र प्राप्त गरे । यस्तै राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ मा नव गायिकाको पुरस्कार सविना कुँवरले प्राप्त गरिन् । उनले पनि पुरस्कारसँगै ११ हजार रुपैयाँ पाइन् ।

यो प्रतियोगिताको विशिष्ट निर्णायकहरूमा दुर्गा रायमाझी, तेज बहादुर केसी रहेका थिए । यस्तै निर्णायकहरूमा गायक तथा गायिकाहरू सुवास केसी, प्रचण्ड जिसी, जीवन दाहाल, राजु ढकाल, दीपक खड्का, दुर्गा गुरुङ, सत्यकला राई, कोपिला गौतमसँगै निर्णायक सहयोगीमा प्रेम शर्मा र भरत बराकोटी रहेका थिए ।

यो प्रतियोगितामा सातै प्रदेशका दोहोरी गायक गायिकाहरूबिचको प्रतिस्पर्धामूलक दोहोरी गायन लगातार दिन दिनसम्म चलेको राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२का कार्यक्रम संयोजक चन्द्र शर्माले बताए । लोकदोहोरी गीतको प्रवर्धनमा मद्दत पुग्ने विश्वास सहित आफूहरूले यो प्रतियोगिता आयोजना गरेको पनि कार्यक्रम संयोजक शर्माले जानकारी गराए । कार्यक्रम’bout उनले भने,‘बिहान ८ बजेबाट राती १२ बजेसम्म लगातार तिन दिन प्रतियोगीहरूबिच दोहोरी गायन प्रतिस्पर्धा चलेपछि बुधवार मध्यरातमा बल्ल परिणाम आएको हो । दोहोरी आइडलमा तीन दिनसम्म नै दोहोरी प्रतिस्पर्धा हेर्न आउने दर्शकको उपस्थिति पनि त्यत्तिकै राम्रो थियो ।’

राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ का व्यवस्थापक अमृत खातीका अनुसार यो प्रतियोगितामा आइडलको उपाधि जितेकाहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा आफ्ना गीत प्रस्तुतिको लागि आयोजक पक्षले संयोजन गर्ने छ ।

यो प्रतियोगिताको आयोजना सांस्कृतिक समाज नेपालले गरेको थियो । सो आइडल तथा यस संस्थाका अध्यक्ष रामप्रसाद अवस्थीका अनुसार लोक दोहोरी आइडलका उत्कृष्ट प्रतियोगीहरूलाई यसै वर्ष काठमाडौँमा आयोजना हुने ‘दोहोरी गीत प्रतियोगिता प्रिमियर लिग–२०८२’को पहिलो चरणको प्रतिस्पर्धामा सहभागी गराइने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्तो आयो काठमाडौंको ताजा परिणाम