आज पनि रास्वपाको संसदमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसदमा अबरोध गरिरहेको छ । गत असार १३ गते देखी निरन्तर अबरोध गरिरहेको रास्वपाले आज पनि संसद अबरोध गरिरहेको हो । रास्वपाको अबरोधका बिचमा पनि सभामुख देबराज घिमिरेले संसद भने निरन्तर चलाइरहेको छ  ।

रास्वपाका सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको आरोपसमेत लगाएका छन ।

उनले गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो ? भनेर प्रश्नसमेत गरेका छन। उनले आफूहरूको आन्दोलन जारी रहेको भन्दै गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन नभएसम्म आफूहरू अडान नछाड्ने बताए ।
 

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

कालिकोटबाट निवर्तमान केन्द्रीय सदस्य अशोकनाथ योगीको देउवालाई आग्रह