कालिकोट । कालिकोटको पलाँता गाउँपालिकाका स्थानिय महिलाहरुले पिडितको उजुरि नलिएको भन्दै सयौँ महिलाहरु गाउँबाट उर्लेर प्रहरी चौकी घेरेका छन् ।
जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम, उनकी श्रीमती गोरिकला बम र भतिजा गजेन्द्र बममाथि आक्रमण गर्नेहरुको विरुद्ध दिएको उजुरी नलिएपछि नजिकैको प्रहरी चौकी घेरेका हुन् । पिडित जो सुकै भएपनि प्रहरीले उजुरि दर्ता गर्नुपर्ने भन्दै चौकी घेराउ गरेको जनाइएको छ ।
मंगलबार स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै पलाँता प्रहरी चौकी घेराउ गरेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय कालिकोटले पीडितको तर्फबाट उजुर लिन नमानेपछि स्थानीय आन्दोलित बनेका हुन् ।
आन्दोलनमा उत्रेका स्थानीयहरुले अध्यक्ष बमको टिममाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न र उनीहरुका विरुद्धमा दिएको जाहेरी लिन प्रहरी समक्ष माग गरेका छन् । यस्तै महिलामाथि ढुगाप्रहार गर्ने माथि कारवाही गर्न पिडितहरुले नेकपा कालिकोटलाई पनि ज्ञापन पत्र बुझाएका छन् ।







