क्यारिकेचर गर्दा प्रभात लामालाई ज्यानको धम्की

काठमाडौं । हास्य कलाकार प्रभाव लामाले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । ‘कमेडी नाइट्स विथ च्याम्पियन’को बुधवार प्रसारण भएको नयाँ सृंखलामा उनले पूर्व राजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेका थिए । सोही क्यारिकेचरका कारण आफूलाई बुधवारबाटै ज्यान मार्ने धम्की आएको कलाकार प्रभाव लामाले राजधानीलाई बताएका छन् ।

यसैबिच उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै धम्की दिनेहरूका लागि चुनौती पनि दिएका छन् । उनले स्टाटसमा यस्तो लेखेका छन्,‘म हालको गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु । पूर्व राजाको क्यारिकेचर गर्दा के गलत भयो ? तपाईँको राजा नआउँदै यस्तो रवाफ देखाउनुहुन्छ भने साँच्चै राजा आएको दिन के गर्नुहुन्छ ? मलाई मेरो काम गर्न दिनुहोस्, तपाइको राजा ल्याउँदै गर्नुहोस् ।’

कलाकार प्रभात लामाको भनाईमा बुधवारको सृंखलामा राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाही र अधिवक्ता स्वागत नेपाल अतिथि थिए । यी दुबै जना राजावादी भएको र अहिले राजावादीहरूको आन्दोलन चलेका कारण उनले पूर्व राजा ज्ञानेन्द्रको क्यारिकेचर गरेका रहेछन् । यसरी पूर्व राजाको क्यारिकेचर गरेका कारण राजावादी भन्नेहरूबाट आफूलाई धम्की आएको उनले जनाएका छन् ।

व्यक्तिगत रूपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पूर्व राजा ज्ञानेन्द्र आफ्नो हजुरबुबा समान भएको पनि उनले बताएका छन् । उनले यस’bout यस्तो लेखेका छन्, ‘उहाँलाई गर्नुपर्ने सम्मान र आदर उस्तै छ, मलाई राम्ररी थाहा छ कि पूर्व राजालाई कुन सम्मान दिनुपर्ने हो भनेर । व्यक्तिगत रूपमा उहाँलाई उत्तिकै आदर भाव व्यक्त गर्न सक्छु जति उहाँ सम्मानित र आदरणीय हुनुहुन्छ,’ त्यसैले आफूलाई कुनै पनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगरी दिन उनले अनुरोध गरेका छन् ।

पूर्व राजाको क्यारिकेचर यस अघि कलाकार मनोज गजुरेलसहित धेरैले गरेका थिए । तर आफूलाई यति बेला धम्की आउनुको कारण आफू लामा भएको बताएका छन् । एउटा जनजातिले राजाको क्यारिकेचर गरेको भन्दै धम्की आएको उनको कथन छ । प्रभातले असन्तुष्टि भएकाहरूलाई क्षमता र ल्याकत राख्ने भए यस्तै क्यारिकेचर गरेर देखाउन चुनौती पनि दिएका छन् । जातभातको कुरा नगर्न उनले चेतावनी दिएका छन् । हास्य ब्यंग्य कलाकारहरूले कसैको क्यारिकेचर गर्दैमा उनको मान मर्दन नहुने पनि यी कलाकारले दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने