संविधान संशोधन अपरिहार्य छ : उपेन्द्र यादव

जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् ।

नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार जनकपुरधाममा आयोजना गरेको वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता विषयक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान संविधानले संरचनागत विभेदलाई संस्थागत गरेको हुँदा संशोधनको विकल्प नरहेको बताए ।

उनले वर्तमान संविधानको संघीय प्रणाली, निर्वाचन प्रणाली, शासकीय स्वरुप र न्याय प्रणाली समेत अपूर्ण र विरोधाभास पूर्ण रहेको टिप्पणी गर्दै यथास्थितिमा देशप्रति सबै जात धर्म क्षेत्र र वर्गले अपनत्व ग्रहण गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे । अध्यक्ष यादवले भने, ‘यो संविधान न त संविधान सभाले जारी गरेको छ, न त जनताको समर्थन प्राप्त गरेको छ । दुई चार जनाले ड्राफ्ट गरेको किताबलाई ह्विप लगाएर पास गराइएको छ । त्यसैले यस संविधान प्रति जनताले अपनत्व ग्रहण गर्न सकि रहेको छैन ।

पद्म शम्शेरले मुलुकलाई दिएको संविधान र अहिलेको संविधान जारी गर्ने प्रक्रियामा तात्विक भिन्नता नरहेको उनको टिप्पणी थियो । कार्यक्रममा समाजवादी पार्टीका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन विना मुलुकले राजनीति स्थिरता प्राप्त गर्ने अवस्था नरहेकोले संविधान संशोधनको लागि शसक्तरुपमाम आन्दोलन अघि बढाउनु पर्ने बताए ।

सहअध्यक्ष श्रेष्ठले विगतमा सरकारले संविधान संशोधनको विषयमा समाजवादी पार्टीसंग गरेको सम्झौता कार्यन्वयन नगरेकोप्रति रोष प्रकट गर्दै भने, सहमतिमा संविधान संशोधन गर्न सरकार तयार भएन अब सडक बाहेकको विकल्प हामीसंग छैन । कार्यक्रममा राजपा नेपालका बरिष्ठ उपाध्यक्ष वृषेश चन्द्र लालले संविधान जारी गर्ने संविधान सभाकै ६० प्रतिशत सभासदले संविधान संशोधन गर्नुपर्ने भनि सकेकाले संविधान संशोधनको विकल्प नरहेको बताए ।

उनले अहिलेको अवस्थामा राजपा र समाजवादी पार्टीलाई एक भएर संविधान संशोधनको लागि अघि बढनु आवश्यक रहेको समेत जिकिर गरे । उपाध्यक्ष लालले राजपा र समाजवादी पार्टी विच दूरी बढाउनु विभिन्न चलखेलहरु भइ रहेकाले शीर्ष नेतृत्वलाई सतर्क रहन आग्रह समेत गरे । कार्यक्रममा समाजवादी पार्टीका उपाध्यक्ष रेणु यादवले संविधान अपूर्ण रहेकोले प्रस्तावनादेखि नै संशोधन गर्नुपर्ने बताइन् ।

बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय अध्यक्ष कृष्णा शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष नवराज सुवेदीले संविधान संशोधनको अपरिहार्यता विषयमा ९ पेज लामो कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि प्रदेश निति आयोगका उपाध्यक्ष एवं तत्कालिन राज्य पुनःसंरचना आयोगका सदस्य प्रा. डा. भोगेन्द्र झा, बरिष्ठ पत्रकार राम भरोष कापडि भ्रमर, बरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंहले टिप्पणी गरेका थिए । बौद्धिक पेशाकर्मी महासंघका महासचिव विरेन्द्र ठाकुरले संचालन गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

ओली प्रचण्ड मिले कम्युनिस्ट नेतृत्वको सरकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९