अफगानिस्तानमा तालिवान शासनलाई औपचारिक रूपमा मान्यता दिने रूस पहिलो देश बनेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीसँग काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा रुसले तालिवानलाई मान्यता दिने जानकारी दिएको हो ।
विदेशमन्त्रीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानूनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो ।
रुसको निर्णयलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक भन्दै प्रसंशा गरेका छन । मानव अधिकार उलंघनको बढ्दो आरोपहरूको बाबजुद तालिवानले अन्तर्राष्ट्रिय मान्यता र लगानीको खोजी गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)