धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौंः डा. शशांक

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संविधानमा भएको निरपेक्षताको प्रावधान हटाएर त्यसको ठाउँमा धार्मिक स्वतन्त्रता राख्नुपर्ने बताएका छन् । जारी काँग्रेस केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

संविधान संशोधन गर्दा धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्ने प्रस्ताव कोइरालाले राखेका थिए । उनले काँग्रेस र एमालेबीच गत १७ असारको मध्यरातमा भएको ७ बुँदे समझारीअनुसार संविधान संशोधनको दिशामा मुलुकलाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिए ।

यस्तै उनले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तनको आवश्यकता औंल्याए । यही निर्वाचन प्रणाली कायम रहँदा कुनै पनि दलको बहुमत नआउने र मुलुकमा राजनीतिक स्थायित्व नहुने तर्क कोइरालाले गरे ।

प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभालाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजानुपर्ने धारणा कोइरालाको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास