काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुघर्टना, २९ जना घाइते

कपिलवस्तु । काठमाडौँबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार दुर्घटना चन्द्रौटा र गोरुसिङ्गेबीचको बेल नदी नजिकै भएको हो। लु.प्र. ०२००१ ख ००४५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

गम्भीर घाइतेहरुलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ भने अन्य घाइतेहरुको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुघर्टनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चुदांलीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व