राजविराज । मधेश प्रदेश भारोत्तोलन संघको अध्यक्षमा डा.निरजकुमार चौधरी चयन भएका छन । पर्सा जिल्ला निवासी उनी भारोत्तोलनका पूर्व राष्ट्रिय खेलाडी हुन ।
शनिवार महोत्तरीको बर्दीवासमा सम्पन्न प्रथम अधिवेशनले डा.चौधरीको नेतृत्वमा ९ सदस्यीय प्रदेश कार्य समिती निर्विरोध चयन गरेको हो । उपाध्यक्षमा पुन्तिलाल यादव (सप्तरी), सचिवमा विनोद गुप्ता (पर्सा ) र कोषाध्यक्षमा शिव नारायण चौधरी (सिरहा ) चयन भएका छन ।
सदस्यमा शत्रुधन प्रसाद यादव (महोत्तरी), सरोज यादव (धनुषा), दिपक ठाकुर (बारा), हेमशंकर चौधरी (सिरहा) र शान्ति चौधरी (सप्तरी) चयन भएका छन ।
नयाँ कार्य समितीको पहिलो बैठकले एक उपाध्यक्ष र एक सदस्यमा क्रमशः बेदबहादुर राइ “बिनय”(सर्लाही) र नितीन साह (पर्सा) लाई मनोनयन गरेको नवनियुक्त अध्यक्ष डा.चौधरीले जानकारी दिए ।
उनले आफ्नो कार्यकालमा इमान्दार प्रयास र नेतृत्व सहित प्रदेशको तर्फबाट योग्य भारोत्तोलन खेलाडी उत्पादन तथा प्रदेशलाई भारोत्तोलन खेलमा माथी उठाउनका लागी विभिन्न कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य प्रभुनारायण चौधरी, केन्द्रिय प्रतिनीधी विजेन्द्र विक्रम शाह, केन्द्रिय सदस्य अनिल मिश्रा, भारोत्तोलनका पुर्व राष्ट्रिय खेलाडी एवं जिल्ला खेलकुद विकास समिती सप्तरीका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले नयाँ कार्य समितीलाई बधाई तथा शुभकामना दिदै भारोत्तोलन खेलको विकासका लागी विभिन्न कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिएका थिए ।






