सिन्धुपाल्चोक । कृषि सामग्री संस्थाबाट सहुलियतमा खरिद गरेर ल्याएको रासायनीक मलमा व्यापक कालोबजारी भएको छ । बाह्रविसे नगरपालिका–४मा सञ्चालित कफेश्वरी कृषि सहकारी संस्थाले सरकारी अनुदानमा ल्याएको मल बजारका अन्य व्यापारीहरुलाई महगो मुल्यमा बिक्री गरेर कालोबजारी भएको हो ।
कृषि सामग्री संस्थाबाट ८ सय ३४ प्रति बोरामा खरिद गरिएको रासायनीक मल सहकारीले महगो मुल्यमा बजारमा विक्री गर्ने गरेको तथ्य नगरपालिकाले फेला पारेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । ‘कृषकहरुको नाममा अनुदानमा आएको मल कृषकलाई बिक्री नगरेर बजारमा बिक्री गर्ने गरेको पाइएको छ’, मेयर शेर्पाले भने, ‘लामो समयदेखि सहकारीले लाखौं ठगी गरिरहेका रहेछ, अब हामी कारवाही गर्छौं’ मेयर शेर्पाले भने ।
सहकारीका अध्यक्ष शिवप्रसाद पौडेलले सहकारी स्थापना भएदेखि नै अनुदानमा ल्याएको मल यसरी बढी मुल्य लिएर बिक्री गरिरहेको मेयर शेर्पाले जानकारी दिए । बाह्रविसे नगरपालिकाले शिक्षकलगायत अन्य सरकारी कर्मचारीहरु कुनै पनि संस्थाको कार्यकारीलगायत अन्य समुह, सहकारीलगायतका संस्थाहरुमा बस्न नपाउने यस अघि नै निर्णय गरेपनि सहकारीका अध्यक्ष पौडेल भने, ‘त्यो निर्णय विपरित सहकारीको अध्यक्ष भएको बाह्रविसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए ।
‘शिक्षक कुनै पदमा बस्न पाउँदैन तर उहाँ अध्यक्ष भएर कृषकहरुको नाममा मल खरिद गरेर ल्याएर अनियमितता गरेको भेटियो’, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने । बाह्रविसे नगरपालिका –८ मानेश्वाँरमा सञ्चालित सीताराम आधरभुत विद्यालयका प्रधानध्यापक समेत रहेका पौडेलेले सहकारीमा अन्य सदस्यहरु को को छन् त्यसको समेत जानकारी दिएका छैनन् ।
सहकारी सञ्चालन गरेर अनुदानको मल ल्याएर विक्री वितरण गर्ने गरेपनि सहकारीको कार्यालय समेत झोलामा नै सञ्चालन भएको अनुगमणका क्रममा आफुहरुले फेला पारेको अधिकृत पौडेलले जानकराी दिए । ‘कार्यालय छैन, कर्मचरी छैन सबै कारोबार झोलाबाटै हुँदो रहेछ’, पौडेलले भने । बजारका व्यापारीहरुलाई मल बिक्री गर्दा समेत सामान्य बिलबाट कारोबार गर्ने गरेको नगरपालिकाले जानकारी दिएको छ ।
‘प्यान बिलबाट कारोबार हुनु पर्ने हो तर सामान्य बिल बाट कारोबार गरेको देखिएको छ’ अधिकृत पौडेलले भने । मल ल्याएर अभाव सिर्जना गरेर मनखुसी मुल्य लिएर सहकारीका अध्यक्ष पौडेलले बिक्री गर्ने गरेको नगरपालिकाले जानकारी दिएको छ ।
८ सय ३४ मा खदिर गरेको मल १५ सय देखि २२ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको नगरपालिकाका कार्यकारी अधिकृत पौडेलले दाबी गरे । सहकारीले मलमा कालोबजारी गरेपछि सर्वपक्षीय बैठकले सहकारी र त्यसको अध्यक्षलाई कारवाही गर्न नगरपालिकालाई अनुरोध समेत गरेको छ । ‘हामीले सर्वपक्षीय बैठकमा सहकारीको कालोबजारीको ’boutमा जानकराी गरायौ,सबैले कारवाही गर्नुपर्छ भनेर भनेका छन्’ नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले भनिन् ।
सहकारीलाई कारवाही गर्ने विषयमा सम्बन्धित निकायमा जानकारी गराएको उनको भनाई थियो । सहकारी बोर्डलगायत जिल्ला प्रशासन कार्यालयमा समेत कारवाहीका लागि नगरपालिकाले जानकारी गराएको छ । सहकारीको अध्यक्ष हरि पौडेल सँग सम्र्पक गर्न खोज्दा उनी सँग सम्र्पक हुन सकेन । अध्यक्षलाई स्पष्टीकरणका लागि बोलाउदा समेत उनले अटेरी गरेको कार्यकारी अधिकृत पौडेलेको भनाई थियो । ‘हामीले उहाँलाई बोलाएका थियौं तर लक डाउन खुलेपछि मात्रै आउँछु भनेर अटेरी गर्नु भयो’, अधिकृत पौडेलले भने ।
अनुदानमा ल्याएको मल समेत कालोबजारी भएर कृषकहरु ठगिएपछि यो वर्षदेखि बाह्रविसे नगरपालिकाले समन्वय गरेर अन्य सहकारी मार्फत कृषकहरुलाई घरमै सुपथ मुल्यमा मल दिन सुरुवात गरेको थियो । बाह्रविसे बजारबाट नगरपालिका आफैले ढुवानी गरेर सबै वडामा मल लैजाने व्यवस्था यस अघि नै गरेको थियो ।