रुसमा यात्रुवाहक विमान बेपत्ता

रुसमा यात्रुवाहक विमान बेपत्ता भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा शहरमा हराएको हो । साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको रुसी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उक्त विमान चीनसँग सीमा जोडिएको अमूर क्षेत्रको टिन्डा शहरका लागि उडान भरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाइएको छ । विमानमा ५ जना बालबालिका पनि रहेको जनाइएको छ । विमानको खोजीका लागि सबै शक्ति प्रयोग गरिएको समाचारमा उल्लेख छ । यद्यपि आपतकालीन मन्त्रालयले भने विमानमा केबल ४० जना आसपास यात्रु रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?