आफैले घरमा आगो लगाउँदा जलेर एकजनाको मृत्यु

गुल्मी । गुल्मीमा घरमा लागेको आगोमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ बर्षिया छोरी जुना विकको मृत्यु भएको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिए ।

जुना आफैमा मानसिक रुपमा कमजोर थिइन् । आइतबार बिहान ५ बजे जुना आफैले घरमा आगो लगाएको वडाध्यक्ष भण्डारीले बताए । आगो लागेको थाहा पाएपछि स्थानीय र प्रहरीले आगो बस्तीमा फैलिन नदिए पनि नियन्त्रणमा लिएका थिए ।

अहिले प्रहरीले घटनाको मुजुल्का उठाई मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तम्घास लैजान लागेको भण्डारीले जानकारी दिए । आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

आइभरी कोस्टका लागि ९० औं मिनेटमा निर्णायक गोल, इक्वेडर स्तब्ध