११ सय रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ११ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ५० रुपैयाँले घटेर प्रतितोला २२९० रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

मध्य पूर्वमा ‘अधिकतम संयम’ अपनाउन ‘ब्रिक्स’को आह्वान