किङ फुड्सले ल्यायो ‘मिठास टुकुचे १४०१’ बासमती चामल

काठमाडौं । किङ फुड्स प्रा.लि.ले ‘मिठास टुकुचे १४०१’ बासमती चामल सार्वजनिक गरेको छ। उत्तरी भारतको हरियाणाबाट आयात गरिएको १४०१ स्टिम बासमती चामल नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘मिठास टुकुचे १४०१’ बासमती चामलमा विशेष वासना, लामो दाना र अद्वितीय स्वाद रहेको छ, जसले नेपाली परिकारहरूलाई अझ स्वादिष्ट र आकर्षक बनाउँछ। हाल यो चामल देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा १ के.जी., ५ के.जी. र २० के.जी. प्याकिङमा उपलब्ध छ।

साथै, छिट्टै मेट्रोमार्ट र बिगमार्टजस्ता खुद्रा स्टोरहरूमा पनि उपलब्ध गराउने तयारी भइरहेको किङ फुड्सले जनाएको छ। किङ फुड्सले ‘मिठास’ र ‘महारानी’ जस्ता बासमती ब्रान्डहरू वितरण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

कमजोर बन्यो अमेरिकी डलर, थाई भाट महँगिएको महँगियै