कांग्रेसले संसद अवरोध नगर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध नगर्ने भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले आजदेखि संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो ।

संसद अवरुद्ध नगर्ने निर्णय भएको बताउँदै दिँदै सांसद दिलेन्द्रप्रसाद बडूले बैठकले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई नेता गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको ठहर गरेको जानकारी दिए ।

प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेसले आफ्ना धारणा राखेर बैठक सञ्चालनमा सहयोग पु-याउने सांसद बडूले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा यही माघ २२ गते मुद्दा दायर गरेको थियो ।

प्रतिनिधिसभा बैठक अहिले शुरु भएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा अभियोग पत्र दायर गरिएको आरोप लगाउँदै पार्टीले सदन अवरुद्ध गर्दै आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित