कृषिमा फड्को मार्न वैज्ञानिक भूमि सुधार : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताएकी छन् । मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्यशाला’ कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले जबसम्म भूमिको व्यवस्थित वैज्ञानिक सुधार गरिदैन । तबसम्म हामीले कृषिमा फड्को मार्न नसक्ने बताइन् । ‘कृषिको व्यवसायिकिकरण र यान्त्रिकिकरणको प्रयोग गरेर ठूला उत्पादनमा केही गरौं न भनेर जाने हो भने जर्बजस्त भूमिसुधारको एजेण्डा स्थापित गर्नैपर्छ’, मन्त्री अर्यालले भनिन् । यसका निम्ती महत्वपुर्ण कुनै क्षेत्र छ भने त्यो सहकारी क्षेत्र नै भएको उनको भनाइ थियो ।

अर्थतन्त्र निर्माणमा सहकारीको भूमिकालाई स्थापित गर्नका निम्ती राज्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले प्रोत्साहनमूलक कार्यक्रममार्फत सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै सहकारीलाई अर्थतन्त्र निर्माणमा प्रवेश गराउनुपर्ने बताइन्। यसलाई स्थापित गरेर छाड्ने मन्त्री अर्यालले उद्घोष गरिन् ।

सहकारी क्षेत्रलाई अर्थतन्त्र निर्माणका निम्ती अगाडी बढाउन आवश्यक रहेको मन्त्री अर्यालले बताइन् ।
भूमिको सुधार गर्ने कुरा ठूलो विषय भएको भन्दै उनले तर त्यो विषय त्यति सजिलो नभएको बताइन् । नीजि सम्पत्तिको रुपमा दिइसकेकाले राज्यले चाहेर पनि व्यक्तिको नीजि सम्पत्ति उलटपुलट पार्न नसक्ने बताइन् ।
व्यक्तिको नीजि सम्पत्तिको रक्षा गर्ने दायित्व राज्यको हुनेछ भनेर संविधानमा लेखेको भन्दै उनले क्षतिपुर्ती दिएर व्यक्तिको नीजि सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यको नभएको उनले बताइन् ।

चरम पूँजि जम्मा नगरिकन समाजवादमा जानै नसकिने भन्दै मन्त्री अर्यालले समाजवादमा पुग्नका निम्ती अधिकतम पूँजिको विकास, अधिकतम रोजगारीको सिर्जना र अधिकतम उत्पादनमा बृद्धि पहिलो शर्त भएको बताइन् ।

हिजोका दिनमा छाडेका साना उद्योगहरुको विकास तथा विस्तार गर्ने कुरामा जानुपर्ने भन्दै उनले त्यसमा कसरी सहकारीलाई जोड्ने भन्ने कुरामा ध्यान दिन जरुरी भएको बताइन् । भएका उद्योगहरूलाई आधुनिकीकरण गर्ने प्रश्न पनि तपाइहरूको ठाउँमा छलफल गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।

मन्त्री अर्यालले भनिन्, ‘निर्वाहमुखी कृषि प्रणालीमा आश्रित भएका जनशक्तिलाई हामीले यान्त्रिकिकरणमार्फत निर्वाहमूखिबाट सम्पन्न बनाउने ठाउँमा कसरी लैजान सक्छौ ? कृषिको विकास र यान्त्रिकिकरणको प्रयोगमार्फत अगाडी जाने ।’

सामाजिक रुपान्तरण सहितको समाजवाद भनेको भन्दै उनले जुन समाजका निम्ती अत्यावश्यक रहेको बताइन् । आर्थिक विकास मात्र भएर नहुने भन्दै उनले सामाजिक न्याय सहितको आर्थिक विकास स्थापित गर्ने अबको अभिभारा भएको उनको भनाई थियो ।

उत्पादक शक्ति र राष्ट्रिय पूँजिको विकास गर्ने कुरा आजको महत्वपुर्ण एजेण्डा भएको भन्दै मन्त्री अर्यालले त्यसको बाधक तत्व के हुन् र त्यसको पहिचान गरेर त्यसको समाधान कसरी गर्ने भन्ने महत्वपुर्ण विषय भएको बताइन् । ‘बाधक तत्वको रुपमा रहेको दलाल पुँजिवाद र एकाधिकार पूँजिवादको अन्त्य नगरिकन राष्ट्रिय उत्पादन र राष्ट्रिय पुँजिको विकास गर्न सकिँदैन’, मन्त्री अर्यालले भनिन्, ‘विचारमा स्पष्ट, दिशामा स्पष्ट र कार्यक्रमिक एकरुपताका साथ अगाडी बढेमा हामीले चाहेका कुरा प्राप्त गर्न सक्छौ ।’

तिन वटा खम्बामध्येको एउटा खम्बा सहकारी भन्ने गायत्री मन्त्र नभएको भन्दै मन्त्री अर्यालले राष्ट्रिय अर्थतन्त्र निर्माणको एउटा खम्बा सहकारी भन्ने कुरा गायत्री मन्त्र जपाइ नभएको बताइन् । कानुनी बाधा हटाउने कुरामा अब गतिविधि केन्द्रित भएर छलफल गरिन्।

तपाइको प्रतिक्रिया
(Visited 515 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

७ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)