राजविराज । कोही कोही अनलाईन मार्फत पठाउने समानमा त कोही पसलेले नक्कली तथा म्याद गुज्रेका सामान दिएर ग्राहकलाई ठग्छन् भन्ने कुरा बेला बेलामा सुनिदै आएको छ । तर, ग्राहकले पसलेलाई ठग्छन् भन्ने कुरा थोरै रुपमा सुन्न पाईन्छ । यस्तै घट्ना भएको छ सप्तरी सदरमुकाम राजविराजमा ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको सय मिटर दुरीमा राजविराज नगरपालिका ४ को मुख्य बजार क्षेत्र मेनरोडमा रहेको गोपाल कोल्ड स्टोर पसलमा शुक्रबार साँझ ७ बजेतिर यसै गरी एक अज्ञात ग्राहक ठगेर भागेका छन् ।
पसल सञ्चालक गोपाल स्वर्णकारका अनुसार मोटरसाईकल बाट ओलिएका एक ग्राहकले एक कार्टुन वियर लिएर फरार भएका छन् । “चार हजार दुई सय रुपैयाँ पर्ने एक कार्टुन वियर मोटरसाईकलको पछाडीमा बाँधेर आउँछु अनि पैसा दिन्छु भन्दै डोरी समेत मागेर गए, पसल सञ्चालक स्वर्णकारले भने–तर डोरीले कार्टुन बाँधि सकेपछि फर्केर आउनुको साटो मोटरसाईकल चढी फरार भए ।”
सो ग्राहक यसरी भागेपछि आफु पसल बाहिर निस्केर चिच्याएपछि छिमेकी केही पसलेले मोटरसाईकलबाट उनको पिछा गरेपनि पक्रन भने सफल हुन नसकेको पसले स्वर्णकारले सुनाए ।
छिमेकी औषधि पसले खेलानन्द दासले नाटकीय ढंगबाट वियर चोरेर लैजाने व्यक्तिको अनुहार पसलको सिसि क्यामरामा कैद भएको बताए । यद्यपी मोटरसाईकल नम्बर भने सिसि क्यामरामा कैद हुन नसकेको उनको भनाई छ ।
यस अघि सोही व्यक्ति ग्राहक बनेर न्यु कञ्चन ट्रेडर्स र बद्री कोल्ड स्टोरमा समेत आएको समबद्ध पसलेहरुले बताएका छन् । यद्यपी आफुहरु सचेत हुँदा चोरको योजना सफल हुन नसकेको उनीहरुको भनाई छ ।
चोरी नियन्त्रणका लागि पसले र प्रहरी दुबैले आ–आफ्नो स्तरबाट विभिन्न उपाय निकालेपनि चोरी गर्नेले समेत नयाँ नयाँ जुक्ति लगाउने गरेको पछिल्लो घट्नाले देखाएको छ ।
उक्त घट्नाको सिसि टिभि फुटेज नियाल्ने काम भएको र सोमा देखिएको हुलियाको आधारमा चोरको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सम्बन्धित समाचार
कुशवाहा समाजको अध्यक्षमा १ मतको अन्तरले बाजी मारे रामनारायण
हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान
सप्तरी प्रहरीद्वारा शतप्रतिशत उजुरी फछ्र्यौट
विज्ञापन भ्रामकः राजहंस ब्राण्डको चामलमा कम तौल
लागुऔषध मुद्दामा रास्वपाका नगर सभापति पक्राउ
रोजेको स्थानमा अनुमति नपाउँदा अन्यौलमा प्रथम सप्तरी एक्सपो २०८३
कार्यपालिका सदस्यको ह्यन्डिल लक भएको मोटरसाईकल चोरी
पचास वर्षदेखि तरकारी तथा फलफूल व्यवसायीद्वारा निरन्तर अष्टयाम





