बागमती प्रदेश प्रमुख देवकोटा डिस्चार्ज

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा स्वस्थ्य लाभ गरि हस्पिटलबाट डिस्चार्ज भएका छन् । मुत्रप्रणालीमा समस्या देखिएपछि १५ साउनमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौंमा उपचाररत थिए ।

४ दिनको उपचारपछि स्वास्थलाभ गरी उनी आज दिउँसो डिस्चार्ज भएका हुन् । यस अवधिमा उपचारमा खटिनु भएका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा उपचारमा सहयोग पुर्‍याउनु हुने अस्पतालका कर्मचारी, कार्यालय तथा निजी सचिवालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरुप्रति प्रदेश प्रमुखले आभार व्यक्त गरेका छन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि निजी निवास भैसेपाटी गएका छन् । प्रदेश प्रमुख देवकोटाको भोलि सोमबार हेटौंडा आउने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार