‘मेरो जुत्ता खोइ’ को दिलको ढोका रिलिज

काठमाडौं । यति बेला जुत्ता शीर्षकमा केन्द्रित भएर दुई वटा नेपाली चलचित्र निर्माण भएका छन् । जस मध्य आगामी १३ असोजमा रिलिज हुने एक चलचित्र ‘हरि बहादुरको जुत्ता’ अहिले निर्माणको अन्तिम चरणमा पुगेका छ ।

जुत्ता शीर्षकबाटै बनेको कुमार केसीको निर्देशन रहेको चलचित्र ‘मेरो जुत्ता खोइ’ पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । तर यो चलचित्रको प्रदर्शन मिति तय भएको छैन ।

‘मेरो जुत्ता खोइ’ को पहिलो गीत ‘दिलको ढोका खोलेर…’को भिडियो यति बेला सार्वजनिक गरिएको छ । यो गीतमा राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको छ । डा. ओमकृष्ण प्रसाईंको शब्द रचना रहेको यो गीतमा विकास चौधरीको संगीत तथा सञ्जय हमालको संगीत संयोजन रहेको छ ।

कमल राईको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा यस चलचित्रका मुख्य जोडी प्रशान्त मुखिया र रचना सिवाकोटीको नृत्य देख्न सकिन्छ । भिडियोमा प्रशान्तले रचनासँग विवाह गर्ने इच्छा व्यक्त गरेका छन् भने रचनाले जवाफमा आफूलाई पाउने रहर नगर्न भनेकी छन् । विवाहको परिवेशमा भिडियो तयार पारिएको छ ।

प्रेम, विवाह र सामाजिक सम्बन्धमा आधारित भएर बनेको यो चलचित्रमा प्रशान्त मुखिया, रचना सिवाकोटी, सुरवीर पण्डित, रोहन सेन्चुरी, लानाम दोर्जे लामा, कृष्ण सुवेदी, दीपेन्द्र सुब्बा, तुलसा शर्मा, अचला अधिकारी, अभय अधिकारी, पिटर खवासलगायतले अभिनय गरेका छन् । यो चलचित्रमा दर्पण क्षेत्री, प्रितम मुखिया र अभय अधिकारीको लगानी रहेको छ ।

रोहन सेन्चुरी (डम्बर बहादुर विश्वकर्मा) कार्यकारी निर्माता रहेको ‘मेरो जुत्ता खोइ’ चलचित्रमा शिव ढकालको छायांकन, सन्तोष खवासको द्वन्द्व निर्देशन, सन्देश शाह र निशान तामाङको सम्पादन, कुमार केसीको लेखन तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको छ । चलचित्रको प्रदर्शन मिति चाँडै तय गरिने यसका निर्देशक कुमारले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

दुई दिनमै ४ छोरी गुमाएकी विष्णु