समाजको असभ्य रूपान्तरण

मानिसको समूहसँगै बस्न सिर्जित उपयुक्त वातावरण नै समाज हो । यही नै विभिन्न धर्म, सम्प्रदाय, जातजाति, भाषाभाषी, संस्कार र संस्कृतिका अनुयायीको सामूहिक स्वरूप हो । यसको उचित व्यवस्थापनका लागि लिखित वा अलिखित नियम बनाएका हुन्छन् । यी नियम, मूल्य मान्यता बनाउनुको मुख्य उद्देश्य व्यक्ति एवं समाजलाई सभ्य, शिष्ट एवं जिम्मेवार बनाउनु हो । यसको उचित पालना गर्दै अघि बढेको समाज मात्र सभ्य बन्नसक्छ । यही सभ्य समाजले मुलुकको समृृद्धिमा आधारशीला खडा गर्नसक्छ । तर, जब यी नियम तोडिँदै जान्छन्, त्यसपछि समाज अराजक, अशिष्ट र असभ्य बन्दै जान्छ । यस्तो समाजले मुलुकलाई अधोगतितर्फ डो¥याउनेमा दुईमत छैन ।

पछिल्लो समय देशमा घटेका विभिन्न घटनाक्रम हेर्दा समाजले सही बाटो समात्न नसकेको आभाष दिन थालेको छ । अहिले अधिकांश नेपालीका घरमा मुख्य चाडपर्व प्रवेश गर्ने क्रम जारी छ । हिन्दू नारीको महान् पर्व हरितालिका तीज आजै (मंगलबार) परेको छ ।

केही वर्षअघिदेखि तीजको मुख्य दिन आउनुभन्दा करिब एक महिनाअगाडि नै दर खाने प्रचलन व्यापक भएको छ । कुनै पार्टी प्यालेस एवं होटेल, रेस्टुरेन्टमा भेला हुने, अश्लीलता झल्कने पोसाक लगाएर मादकपदार्थ सेवन गर्दै नाचेका दृश्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने होडबाजी नै चलेको छ । यसले एकातिर चाडपर्वको परम्परा, धार्मिक आस्था र सांस्कृतिक महŒवको धज्जी उडाएको छ भने अर्कोतर्फ भावी पुस्तालाई समेत गलत सन्देश प्रवाह गरेको छ ।

यो एउटा सानो उदाहरण मात्र हो । आधुनिकताका नाममा छाडा संस्कृतिलाई प्रश्रय दिएका अन्य कयौं क्रियाकलाप दिन प्रतिदिन बढ्ने क्रम रोकिएको छैन । समाज अशिष्ट र असभ्य बन्दै जानुमा सामान्य नागरिकदेखि मुलुकको नेतृत्व सम्हालेका व्यक्तिसमेत उत्तिकै जिम्मेवार छन् । मुलुकको विद्यमान अवस्थाले आमनागरिकमा वितृष्णा र आक्रोश पैदा गरेको छ । यसको असर सडकदेखि सभा सम्मेलनमा समेत देखिने गरेको छ । केही समयपहिले प्रधानमन्त्री उपस्थित एक समारोहमा अमर्यादित शब्द प्रयोग भएको सुनियो । दशरथ रंगशालामा भएको समारोहमा विदेशी पाहुनासमेत सहभागी थिए । देशकै प्रधानमन्त्रीलाई लक्षित गरी गरिएको त्यो व्यवहार असहनीय देखिन्थ्यो । असन्तुष्टि र आक्रोश पोख्ने अन्य तरिका पनि छन् । यसैलाई बहाना बनाएर समाजलाई अराजकतातर्फ डो¥याउन भने कदापि मिल्दैन । यस्ता क्रियाकलापबाट भावी पुस्ताले ग्रहण गर्ने पाठको ठूलो मूल्यसमेत चुकाउनुपर्ने हुनसक्छ । राष्ट्रपति, प्रधानमन्त्री एवं मन्त्रीलक्षित अपाच्य व्यंग्य एवं भद्दा मजाकले मुलुककै छविमा गम्भीर असर पुग्ने गरेको छ । तथापि, यस्ता क्रियाकलाप दैनिकजसो बढ्दै गएका छन् ।

सभ्य समाज निर्माणमा सबैभन्दा महŒवपूर्ण भूमिका शिक्षा क्षेत्रले खेलेको हुन्छ । ‘शिक्षा’ भन्नेबित्तिकै धेरैको ध्यान विद्यालय तथा विश्वविद्यालयकेन्द्रित देखिन्छ । औपचारिक शिक्षा स्कुल, कलेज वा विश्वविद्यालयमा सामेल गरेर प्राप्त गरिन्छ । तथापि, अनौपचारिक शिक्षाको पहिलो स्रोत घरपरिवार तथा आफन्तजनलाई लिइने गरिन्छ ।

एउटा बच्चा जन्मेपछि उसको पहिलो गुरु उसलाई जन्मदिने अभिभावक हुन् । आमाबुबाद्वारा प्रदान गरिएको ज्ञानका माध्यमबाट बच्चाले स्थापित सामाजिक र सांस्कृतिक मापदण्ड’bout जान्न पाउँछ । परिवारका ज्येष्ठ सदस्यबाट धर्म, संस्कृति, दर्शन, इतिहास एवं साहित्य शिक्षाको महŒव’bout बुझ्ने मौका प्राप्त गर्छ । यी विषयवस्तु हेर्दा सामान्य देखिए पनि सभ्य समाज निर्माणमा भने महŒवपूर्ण भूमिका रहेको हुन्छ ।

वर्तमान समय आधुनिकता र आवश्यकता बहाना बनाएर नयाँ पिंढी परिवारबाट टाढि“दै गएको देखिन्छ । सानै उमेरदेखि परिवारस“ग छुट्टिएर देशभित्रै वा विदेश पुगेका नयाँपुस्ता विद्यालय वा विश्वविद्यालयमा औपचारिक शिक्षा प्राप्त गरे पनि अनौपचारिक शिक्षाबाट भने वञ्चित छन् । विद्यालयका पाठ्यक्रमले तोकेका किताब पढेर सैद्धान्तिक ज्ञान प्राप्त गरे पनि समाजको व्यावहारिक पक्ष भने पढ्न नसकेको देखिएको छ । यसैकारण उनीहरूले आफ्नो धर्म–संस्कृति, आदर सम्मान, रितीरिवाज, मूल्य मान्यता मात्र होइन, समाज एवं राष्ट्रप्रतिको जिम्मेवारी पनि भुल्दै गएको देखिन्छ । पछिल्लो समय समाजमा देखिएका विभिन्न घटनाक्रमले यसलाई पुष्टि गरेको छ । अहिले सन्ततिबाट आमाबुबा अपहेलित हुने गरेका घटना बढेका छन् ।

वैवाहिक जीवनका सम्बन्धविच्छेदका घटनाका तथ्यांक पनि उकालो लागेको देखिन्छ । यसले सभ्य समाज सिर्जनामा बाधा उत्पन्न गरेको छ । साथै, देशका विभिन्न स्थानमा देखिएका राजनीतिक, आर्थिक तथा सामाजिक विचलनका घटनाले समाज सही दिशातर्फ उन्मुख हुन नसकेको चिन्ता व्यक्त गर्न थालिएको छ ।

आधुनिकताका नाममा छाडा संस्कृतिलाई प्रश्रय दिएका अन्य कयौं क्रियाकलाप दिन प्रतिदिन बढ्नेक्रम रोकिएको छैन । समाज अशिष्ट र असभ्य बन्दै जानुमा सामान्य नागरिकदेखि मुलुकको नेतृत्व सम्हालेका व्यक्तिसमेत उत्तिकै जिम्मेवार छन् । मुलुकको विद्यमान अवस्थाले आमनागरिकमा वितृष्णा र आक्रोश पैदा गरेको छ

राजनीतिक अस्थिरता मुलुकको विशेषता नै बनिसकेको छ । यस अस्थिरताले छिटोछिटो सरकार परिवर्तन भइरहँदा आर्थिक तथा सामाजिक विकासका परियोजनाले आवश्यक गति लिन सकेका छैनन् ।

अर्कोतर्फ, दिन प्रतिदिन भ्रष्टाचार तथा अनियमितताका घटना बढ्दै गएको देखिएका छन् । मन्त्री नै मानव तस्करीमा संग्लग्न भएका घटना बाहिर आएका छन् । यसले गर्दा राजनीतिक नेतृत्वमाथि नै आक्रोश पोख्न थालिएको छ । यो आक्रोश व्यक्त गर्ने सबैभन्दा सजिलो माध्यम सामाजिक सञ्जाल बनेको छ । तथापि, पछिल्लो समय यसको सदुपयोगभन्दा पनि दुरुपयोग बढी हुने गरेको देखिन्छ ।

कुनै कुराप्रति असन्तुष्टि व्यक्त गर्न पाउनु लोकतन्त्रको गहना हो । नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । तर, कसैको चरित्र हत्या गर्ने, गाली बेइज्जती गर्ने, सामाजिक एवं राजनीतिक सद्भाव खलल पुग्ने कुनै पनि अभिव्यक्तिले समाजलाई हित गर्ने देखि“दैन । यस्ता गतिविधिले विभिन्न समुदायबीच द्वन्द्व निम्त्याउने सम्भावना देखिन्छ ।

समाजमा आर्थिक असमानताको खाडल दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । समाजमा अहिले पनि हुनेखाने र हुँदाखाने वर्गबीच गहिरो खाडल छ । विकासको लाभ सबै नागरिकले समान रूपमा लिन सकिरहेका छैनन् । यसले गर्दा समतामूलक समाज निर्माणमा बाधा पु¥याएको देखिन्छ । राज्यका स्रोतसाधनमा सीमित वर्गको पहुँच, जातजाति, लिंग, धर्म तथा वर्गका आधारमा गरिने भेदभावले अवसर न्यायोचित वितरण हुन नसकेको गुनासो अझै मेटिएको छैन ।

मुलुकमा समतामूलक समाज निर्माणका प्रयास भने नभएको होइन । यसका लागि समावेशीकरण, सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व, आरक्षण र कोटाका माध्यमबाट पहुँच, सशक्तीकरण र मूलप्रवाहीकरण गर्न प्रयत्न गरिएको देखिन्छ । तथापि, नेपालजस्तो विविधतायुक्त मुलुकमा यसको परिणाम देखिन समय लाग्ने देखिएको छ । समतामूलक आदर्श समाज हो । यस्तो समाजमा शान्ति, सकारात्मक चिन्तन र आलोचनात्मक चेतना समुचित विकास हुने अपेक्षा गरिन्छ । यसैकारण सभ्य समाज निर्माणमा समतामूलक समाज अपरिहार्य देखिन्छ ।

नेपाली समाज विविधतायुक्त हुनाले विभिन्न जातिजाति, धार्मिक र क्षेत्रीय रूपमा भिन्दाभिन्दै संस्कार तथा संस्कृति प्रचलनमा रहेका छन् । जन्मदेखि मृत्युसम्म गरिने संस्कार फरकफरक छन् । यसैगरी, मानिसले मनाउने चाडपर्व पनि एकैथरिका छैनन् । यहाँ दसैं, तिहार मात्र नभएर छठ, इद, रमजान, क्रिसमस, तीज, देउडा, गाईजात्रा, इन्द्रजात्रा, होली, उँधौली–उँभौली, ल्होसार थुप्रै पर्व छन्  । हरेक जाति र समुदायको आफ्नै रीतिरिवाज, संस्कार, संस्कृति रहिआएका छन् ।

संस्कार एवं संस्कृति समाजको सामाजिक–आर्थिक संरचनाको प्रतिबिम्ब हो । तथापि, पछिल्लो चरणमा यसमा समेत विचलन देखिएको छ । यस्ता संस्कार एवं संस्कृति मनाउँदा असाध्यै भड्किलो, असहिष्णु, असामाजिक र निकै नै खर्चिलो ढंगले मनाउने भद्दा संस्कृति विकास हुन थालेको छ । सीमित आम्दानी हुनेले चाडपर्व नै मनाउन नसक्ने अवस्था हुँदै गएको देखिन्छ । यसले मानिसलाई अनियमितता, गैरकानुनी क्रियाकलाप तथा भ्रष्ट आचरणतर्फ उन्मुख बनाएको पाइन्छ । एकातर्फ स्थापित कला–संस्कृतिको गलत व्यख्या हुन थालेको छ भने अर्कोतर्फ समाजलाई अनुशासनहिन बनाउन उत्प्रेरित गरेको देखिन्छ । यसको निरन्तरताले अहिलेको पुस्तालाई मात्र नभई भावी सन्ततिलाई समेत गलत सन्देश प्रवाह गर्ने धेरैको बुझाइ छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अगाडि सारिएको छ । यसको अर्थ देशलाई समृद्धिको बाटोतर्फ डो¥याउने संकल्प गरिएको बुझिन्छ । ‘समृद्धि’ भन्नेबित्तिकै धेरैको बुझाइ आर्थिक पक्षमै केन्द्रित देखिन्छ । आर्थिक पूर्वाधार विकास, औद्योगिकीकरण, रोजगारी सिर्जना, उत्पादन तथा आम्दानी वृद्धिले मात्र समृृद्धि प्रत्याभूति हुने आमधारणा छ । यसमा सत्यता पनि छ । तथापि, समृद्धिलाई यति साँघुरो घेरामै बा“ध्न भने मिल्दैन । संसारमा यस्ता धेरै मुलुक छन्, जहाँ आर्थिक पूर्वाधार विकासका बावजुद त्यहाँका नागरिको जीवनस्तर उठ्न सकेको छैन । आफूहरू सुरक्षित महसुस गर्न सकेका छैनन् । शान्ति सुरक्षा प्रत्याभूति प्राप्त गर्न सकेका छैनन् । यसको मुख्य कारण त्यहाँको सामाजिक परिवेशलाई लिने गरिएको छ । तसर्थ, समृद्ध समाजबिना मुलुकको समृृद्धि अधुरो देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक समय भनेका थिए, ‘समृद्ध समाज त्यो हो, जुन सभ्य छ, जसले सकारात्मक भावना फैलाउँछ, जसले विविधतामा सुसंगत सहअस्तित्व कायम गर्छ, त्यस्तो समाज जसले राष्ट्रिय उपलब्धिमा गर्व गर्छ र आफूलाई निजी स्वार्थको संकीर्ण घेराबाट पर राख्छ ।’

प्रधानमन्त्रीको उल्लिखित भनाइमा सहमत नजनाउनुपर्ने कुनै कारण देखि“दैन । तथापि, भनाइ र गराइमा कत्तिको तालमेल छ ? भन्ने बहसमै सीमित देखिन्छ । समाजलाई सभ्य र मर्यादित बनाउन पछिल्लो समय हरेक क्षेत्रमा मौलाउ“दै गएको बेथिति तोड्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । स्थापित धर्म, संस्कृति, संस्कार तथा रीतिरिवाजको मर्म, आवश्यकता र महŒव’bout समाजलाई सही तरिकाले सुसूचित गर्नुपर्ने देखिन्छ । यस्तो समाज निर्माणमा अग्रज बौद्धिक व्यक्तित्वको भूमिका महŒवपूर्ण देखिन्छ । यसरी नियम, कानुन र अनुशासनको दायरामा बसेको समाज नै सभ्य बन्नसक्छ र यसबाट मात्रै समृद्ध मुलुकको आशा गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

पाँच दिने भ्रमणको लागि दिल्ली उडे लामिछाने